नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानको टिकट विराटनगर, पोखरा र नेपालगन्जबाट समेत लिन सकिने

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानको टिकट विराटनगर, पोखरा र नेपालगन्जबाट समेत लिन सकिने

176
SHARES

काठमाडौँ : नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानको टिकट अब विराटनगर, पोखरा र नेपालगन्जबाट समेत लिन सकिने भएको छ। निगमको अन्तर्राष्ट्रिय उडानका टिकटहरू काठमाडौँ बाहिर हाल भैरहवा स्थित निगमको कार्यालयबाट मात्र बिक्री वितरण भइरहेको थियो।

आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी व्यवस्था मिलाउन विभागीय प्रमुखहरूलाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएका छन्।

निगमका उडानहरूबाट यात्रा गर्न सहज रूपमा टिकट प्राप्त होस भनी निगमका विराटनगर, पोखरा र नेपालगन्ज स्थित कार्यालयहरूबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित विभागीय प्रमुखहरूलाई निगमका कार्यकारी अध्यक्ष अधिकारीले विशेष निर्देशन दिएका हुन्।

यात्रुहरूले आफ्नो मोबाइलबाट वा निगमको Web-site बाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढङ्गले Ticketing सेवा लिने विश्वास निगमले लिएको प्रवक्ता रमेश पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्
176
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.