जेबिएनएलको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

जेबिएनएलको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

286
SHARES

काठमाडौँ : जेबिएनएल सेक्युरिटिजको नाम ग्लोबल आईएमई सेक्युरिटिज लिमिटेड रहने भएको छ।

जेबिएनएलको प्रथम वार्षिक साधारण सभाले ग्लोबल आईएमई सेक्युरिटिज लिमिटेडमा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको ग्लोबल आईएमई बैङ्कले जनाएको छ।

ग्लोबल आईएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धी कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको हो।

साधारण सभाले कम्पनीको नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुने गरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरिएको ग्लोबल आईएमई बैङ्कले जनाएको छ।

कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखा परीक्षकको नियुक्ति÷पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।

सभामा कम्पनीको एक मात्र शेयर धनी ग्लोबल आईएमई बैङ्कबाट अधिकार प्राप्त प्रतिनिधि विश्व सुवेदी, कम्पनी रजिस्ट्रारका प्रतिनिधि, कम्पनीका सञ्चालकहरू, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरूको उपस्थिति रहेको थियो।

समाचार शेयर गर्नुहोस्
286
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.