मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : व्यक्तिगत सवारी साधनमा ६० प्रतिशत कर्जा

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : व्यक्तिगत सवारी साधनमा ६० प्रतिशत कर्जा

350
SHARES

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।

केन्द्रीय बैङ्कले मङ्गलवार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत विद्युतीय गाडीको कर्जा मूल्याङ्कन अनुपात घटाएको छ।

विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइनेमा ६० प्रतिशत मात्रै दिने व्यवस्था मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरिएको हो।पेट्रोल र डिजेल लाग्ने गाडीमा भने ५० प्रतिशत कर्जा पाइनेमा अब ६० प्रतिशत पाइने भएको छ। विद्युतीय गाडीसहित व्यक्तिगत सवारी साधनमा ६० प्रतिशत कर्जा पाइने छ।

असल कर्जाको १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशत कायम गर्ने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ।

यस्तै बैङ्कहरूले अब ननडेलिभरेबल फरवार्डमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्। ननडेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको छ।

समाचार शेयर गर्नुहोस्
350
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.