चालु वर्ष नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण

चालु वर्ष नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण

543
SHARES

काठमाडौं : विश्व बैङ्कले चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। अघिल्लो आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३.९ प्रतिशत थियो।

विश्व बैङ्कद्वारा बिहीबार सार्वजनिक नेपाल विकास प्रतिवेदनले सन् २०२५/२६ र २०२६/२७ मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ। जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहने विश्व बैङ्कले जनाएको छ।

‘नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढवा दिनु अत्यावश्यक छ। यसलाई हासिल गर्नका लागि नेपालले आफ्नै उत्थानशीलता वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधारहरू कार्यान्वयन गर्न आवश्यक छ,’विश्व बैङ्कका मालदिभ्स, नेपाल, र श्रीलङ्काका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने।

प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिमहरूलाई पनि औँल्याएको छ। भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितताले नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीहरूको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असङ्गतिको जोखिम तथा पुँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि उल्लेख गरेको छ।

‘नेपाल डेभलपमेन्ट अपडेटले पछिल्ला आर्थिक विकासबारे महत्त्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्नुका साथै नेपालको उत्थानशील आर्थिक वृद्धिलाई प्रकाश पार्दछ। नेपालको १६ औँ योजना लक्ष्यहरू हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पुँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजनाहरू समयमै सम्पन्न गर्न आवश्यक छ,’ राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने।

नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुईपटक प्रकाशित हुने प्रतिवेदन हो, जसले अघिल्लो वर्षका प्रमुख आर्थिक घटनाक्रमहरूलाई दीर्घकालीन विश्वव्यापी सन्दर्भमा राखेर विस्तृत विश्लेषण प्रदान गर्दछ।

समाचार शेयर गर्नुहोस्
543
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.