अति भए खती हुन्छ भनेझैँ अब त अति भो: नेपाली राजनीति र विकासको वर्तमान अवस्था१ आसा गरेकै युवा नेतृ एवं काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको बालेन लक्षित स्टन्टले देश बन्छ? भन्दै प्रश्न गर्नाले युवाहरूको दिमाग नै हल्लिएको छ।
नेपालको राजनीतिक परिप्रेक्ष्य र सामाजिक संरचनामा एक जटिल र गम्भीर सङ्कट छ। हरेक दिन निरन्तर सत्ता परिवर्तन, पदको दुरुपयोग र विकृत राजनीतिक गतिविधिहरूले जनतालाई निराश र थकित बनाइरहेका छन्। यस्ता घटनाले जनता मात्र होइन, समग्र राष्ट्रको भविष्यमा गम्भीर असर पुर्याइरहेको छ। आजको राजनीतिक परिप्रेक्ष्य, विकासको ढोका खुल्ने कि नखुल्ने र जनताले हर्षित जीवनको कसम जबानमा राखेर देशको भविष्यको बारेमा दुई शब्द कोर्न चाहन्छ।
नेपालको विकास र राजनीतिक अस्थिरता:
नेपालको राजनीतिक इतिहास हेर्दा हामी पाउँछौँ कि यहाँको सत्ता परिवर्तन र राजनीतिक द्वन्द्वले समग्र राष्ट्रको समृद्धि र विकासलाई नै खलल पुर्याएको छ। नेपालमा हरेक पाँच वर्षमा चुनाव हुन्छ र हरेक पटक सरकार बदलिन्छ। यसका कारण, जनताले विकास र स्थिरताको कुरामा निराशा पाएको छ। सरकारका निर्णयहरू प्रायः चुनावी लाभका लागि हुन्छन्, जसले दीर्घकालीन विकासका योजनाहरूलाई अघि बढाउन गाह्रो बनाउँछ। यो स्थितिमा ‘अति भए खती हुन्छ’ भन्ने भनाइ एकदम साँचो साबित भएको छ।
पदको दुरुपयोग र राजनीतिका खेलहरूमा समय बिताइरहेका नेताहरूले जनताको भलाइको बारेमा सोच्ने समय नै पाएका छैनन्। देशको आर्थिक अवस्था भने झनै कमजोर हुँदै गएको छ। युवाहरू देशबाहिर रोजगारका लागि जान बाध्य छन्, र नेपालको समृद्धि र स्थिरता पाउने आशा अझै एक सपना जस्तै लाग्छ।
विकासका अवसरहरू र युवा समावेशीकरण:
तर पनि, नेपालको वर्तमान र भविष्यमा एक महत्त्वपूर्ण पक्ष छ, जुनमा ध्यान दिन जरुरी छ, युवाहरू। नेपालका अधिकांश युवाहरू उच्च शिक्षा प्राप्त गरेका छन्, र उनीहरू विभिन्न सीप र ज्ञानमा सक्षम छन्। यद्यपि, युवालाई रोजगारीको अवसर उपलब्ध गराउन असफल भएपछि उनीहरू देश छोडेर विदेश जान बाध्य छन्। यो देशको लागि ठुलो क्षति हो।
यसका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्ने आवश्यकता छ। राज्य कोष, विकासका योजनाहरू र उद्योगको प्रवर्धनमा साँचो परिवर्तन ल्याउने कार्य यो पीढीको जिम्मेवारी हो। जबसम्म हाम्रो नेतृत्व विदेशबाट आउने राजनीतिक ‘प्याटन’ लाई पछ्याउने र विदेशी सहायता र ऋणमा मात्र निर्भर रहने हो, तब सम्म देशको अर्थतन्त्र र समाजको अवस्था उकास्ने कुनै सम्भावना छैन।
हामीलाई युवा नेतृत्वको आवश्यकता छ। यस्ता युवा, जसले समाजका लागि काम गर्ने प्रतिबद्धता राख्छन्,जसले आफ्नो गाउँ, टोल र समाजको लागि सोच्नेछ र यसलाई समृद्ध बनाउन कार्य गर्ने छन्। के नेपालमा यस्ता युवा छैनन्? यस्ता युवा हरेक गाउँ र समाजमा छन्। यिनीहरूले अवसर पाउँदा देशको विकासको दिशा बदल्न सक्ने क्षमता राख्छन्।
युवाहरूलाई राजनीति र सरकारी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता छ। किनकि केवल रिटायर्ड र पुराना नेताहरूले देशको भविष्य निर्धारण गर्दा अबको चुनौतीको सामना गर्न सक्दैनौँ। नयाँ सोच, नयाँ दृष्टिकोण र कार्य शक्तिको आवश्यकता छ।
मिसन-८४ र जनताको भूमिका:
नेपालमा यदि कुनै परिवर्तन ल्याउनु छ भने, त्यसका लागि केवल सरकारको जिम्मेवारी होइन, जनताका प्रत्येक सदस्यको सक्रियता पनि आवश्यक छ। प्रत्येक टोलमा जनताले समर्पण र प्रतिबद्धताका साथ ‘मिसन ८४’ मा जुट्नु पर्छ। यसको मतलब यो हो कि प्रत्येक गाउँ, टोल र सहरका जनतालाई आफ्नो समाज र देशको भलो चिताउने युवा खोजी गर्नुपर्छ।
यो मिसन यति महत्त्वपूर्ण छ कि यसमा न केवल नेतृत्वको आवश्यकता छ, बरु जनताको जागरूकता र समर्पण पनि अपरिहार्य छ। जनताले नेताको झोला होइन, आफ्नो गाउँ र समाजको झोला बोक्नु पर्छ। यसरी,’८४’ जनताको प्रतिनिधित्व र उन्नतिको प्रतीक बनाउने यो अभियान सफल बनाउन, हामी सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता छ। ८४ गाउँ देखि सहर, ओडा देखि नगरसम्म अब काठमाडौँका मेयर बालेन र धरानका मेयर हर्क जस्ता कर्मठ जननेता खोज्नु पर्छ र तिनलाई विकासको स्टन्टमा घोक्र्याउनु पर्छ। यी र यस्ता युवा हामी माझ हुँदा हुँदै पनि नेपाली जनताले आफ्नो नेता चिन्न नसक्नुले देश झन् ठुलो दबदबामा फसेको हो।
एकपटक पार्टी भुलेर देश सम्झने हो भने हाम्रा हरेक गाउँ घरमा बालेन र हर्कजस्ता साहसी युवा छन्! राजा महेन्द्र देखि डा. बाबुराम भट्टराई हुँदै हर्क र बालेन जस्ता देश विकासको खाका भएकालाई मिसन ८४ बनाउने हो भने देशले विकासको मोड पक्कै लिन्छ।
विकास र समृद्धिको खाका:
अब, समय आएको छ कि नेपालका हरेक नागरिकले आफ्नो दृष्टिकोणलाई बदल्नु पर्छ। देशको समृद्धि र विकासका लागि स्पष्ट र व्यावहारिक योजना बनाउन आवश्यक छ। के नेपालले आफ्ना स्रोत र अवसरहरूको सही प्रयोग गरेर विकासको खाका तयार गर्न सक्छ? उत्तर एकदम स्पष्ट छ, हाम्रा युवाले र हाम्रा नेताले मिलेर नै यो कार्य गर्न सक्छन्।
नेपालमा हर्क साम्पाङ, बालेन शाह, गोपाल हमाल जस्ता व्यक्तिहरूले देशको लागि ठुलो परिवर्तन ल्याउन सक्छन्। यिनीहरूले देखाएका उदाहरणहरूले यो प्रमाणित गर्छ कि यस्ता युवा राष्ट्रको भविष्य बदल्न सक्छन्, यदि तिनीहरूलाई उचित अवसर र समर्थन दिइन्छ भने।
नेपाल अहिले एक निर्णायक मोडमा खडा छ। यहाँको विकास र समृद्धिको मार्गमा ठुलो अस्थिरता र विकृति देखिन्छ, तर यसका साथै ठुलो सम्भावनाका ढोकाहरू पनि खुलिरहेका छन्। यदि हामी राजनीति र नेतृत्वको स्तरमा ठुलो परिवर्तन ल्याउन सक्छौँ भने, समाजको विकास र समृद्धि सुनिश्चित गर्न सकिन्छ।
त्यसको लागि आवश्यकता छ, केवल ‘बदलावका लागि बोल्नु’ मात्र होइन, कार्यमा उतार्नको लागि पनि हामीलाई प्रेरणा र जिम्मेवारी लिनेछ। हरेक नेपाली नागरिकको सक्रिय सहभागिता र समर्पणले नेपाललाई नयाँ शिखरमा पुर्याउन सक्छ।
अन्ततः देशको भविष्य र त्यसका पीढीहरूको दायित्व हामी सबैको काँधमा छ। यो न केवल नेताहरूको, तर हरेक नागरिकको जिम्मेवारी हो। यदि अबको पीढीले आफ्नो जिम्मेवारीलाई सही तरिकाले निभाउँछ भने, नेपाल एक दिन अवश्य स्वर्गको रूपमा स्थापित हुनेछ। आजैबाट आफ्नो नेता हुने घरघरदेखि गाउँ र सहर सम्म बिचार गरौँ ८४ मा असल व्यक्तिलाई नेता बनाऔँ र देशलाई संवृद्धि बनाऔँ!
जय नेपाल!!!
(लेखिका तृष्णा थापा जेनजी पुस्ताकी हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.