दिपलको ‘ड्राइभनाउ, पे लेटर’ अफर

दिपलको ‘ड्राइभनाउ, पे लेटर’ अफर

ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता

699
SHARES

काठमाडौं-नेपालका लागि स्टाइलिस र प्राविधिक रूपमा अब्बल दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहक मैत्री स्किम ‘ड्राइभनाउ, पे लेटर’ सार्वजनिक गरेको छ।

निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तर्गत दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन।

यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ।

ग्राहकले ६ महिनाको मासिक किस्ता निःशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२÷८३ सालको निःशुल्क सडक कर पनि पाउनेछन्।

यो योजना दिपल एस०७, दिपल एस०७एल र दिपलएल०७ मा नेपालभरका दिपल सो रुममा उपलब्ध हुनेछ।

एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल विक्री भइसकेको छ। जेस्चर कन्ट्रोल, सनफ्लावर टच स्क्रिन, एआर एचयुडीलगायत १० भन्दा बढी इन्डस्ट्री फर्स्ट फिचरहरू छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको छ।

समाचार शेयर गर्नुहोस्
699
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.