"/>

नाइमा मोबिलिटी एक्स्पोमा सवारी साधनको विविधता, नयाँ मोडल र प्रविधिको आकर्षण

नाइमा मोबिलिटी एक्स्पोमा सवारी साधनको विविधता, नयाँ मोडल र प्रविधिको आकर्षण

2.3k
SHARES

काठमाडौँ – भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो चारवटा फरक–फरक हलमा बाँडिएको छ। प्रत्येक हलमा नयाँ मोडल, प्रविधि र ब्रान्डको जमघट देख्न पाइन्छ।

हल १ मा प्रवेश गर्दा सर्वप्रथम केई कम्पनीको स्टलमा ३ वटा मोडल इक्युटी ०२, इक्युट ०४ र एक्स थ्री प्रो एसयुभी ईभी प्रदर्शित छन्। कम्पनीले गत वर्ष नेपालमा भित्रिएका यी गाडीमा बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको जानकारी दिएको छ।

केईको ठिक अगाडि एमजीको स्टल रहेको छ, जहाँ एस ५ ईभी, एमजी फोर ईभी र कोम्याट ईभी राखिएका छन्। नयाँ ब्रान्डको रूपमा फोरथिङ पनि पहिलो पटक एक्स्पोमा प्रवेश गरेको छ।

लक्ष्मी ई मोबिलिटीले फोरथिङ ब्रान्डअन्तर्गत फ्राइडे मोडल सार्वजनिक गरेको हो। ६४.४ किलोवाट आवर ब्याट्री र ९९ किलोवाटको मोटर पावर भएको यो गाडी एकपटकको चार्जमा ४०० किमी कुद्न सक्छ। मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

फोरथिङको अगाडि माज्दा ब्रान्डको सीएक्स सिरिजका पाँच मोडल शोकेश गरिएका छन्। त्यससँगै एलएस अटोले एलईभी ०१ मोडल राखेको छ, जसमा ५६ किलोवाट ब्याट्री र ४०० किमी रेन्ज छ।

हेनरी भोल्टले तीन मोडल राखेको छ भने छेउमै फक्सवागनको टाइगुन (एसयुभी) र भर्चुज (सेडान) गाडी प्रदर्शनीमा छन्। त्यसपछाडि हिमालय अर्गनाइजेशनले म्याक्सस मिफा ७ सार्वजनिक गरेको छ। ९० किलोवाट ब्याट्री भएको यो प्रिमियम एमपीभीको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ राखिएको छ।

हल १ को अन्त्यतिर टोयोटा र मित्सुबिसी ब्रान्डको उपस्थिति रहेको छ। टोयोटाले ल्यान्डक्रुजर २५० र यारिस हाइब्रिड, मित्सुबिसीले पजेरो स्पोर्टस् र आउटलेन्डर मोडल राखेको छ।

फराकिलो मोडल छनोट र मूल्य विकल्प


स्थायी संरचना भएको हल बी मा सबैभन्दा बढी स्टल छन्। यहाँ प्रवेश गरेपछि सिट्रोन, लिपमोटर र प्युज्योटका मोडल देख्न पाइन्छ। बी १० नामक नयाँ मोडलको मूल्य ४९ लाख ९९ हजारदेखि ५६ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ।

वितरितपट्टि जे ५ मोडल सार्वजनिक गरिएको छ, जसको रेन्ज ४६१ किमी रहेको छ। यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ।

हलमा सुजुकीका दुईपांग्रे सवारी साधन, जिक्सरलगायतका मोडल राखिएका छन्। त्यसपछि टिभिएसका बाइक प्रदर्शनीमा छन्, जसमा रोनिनको नयाँ बाइक पनि देख्न सकिन्छ।

शङ्कर ग्रुपले बिक्री गर्दै आएको प्रोटन ब्रान्डका ईमास ७ गाडी तीन रङ्गमा प्रदर्शित छन्। हुन्डाईले आयोनिक ५, क्रेटा ईभी, आई १० र नेपालमै एसेम्बल गरिएका क्रेटा तथा भेन्यु गाडी सार्वजनिक गरेको छ।

ग्रेटवाल मोटर्सले हावेल, ओरा ०३ ईभी र ट्याक ५०० सार्वजनिक गरेका छन्। एमजीको आईएम ६ र सारडा ग्रुपको प्रिमियम एसयुभी जिकर एक्स पनि यहाँ देख्न सकिन्छ।

निशानको म्याग्नाइट, लिफ ईभी र अर्बन कमर्सियल गाडी समेत छन्। लिफको मूल्य ६५ लाखबाट घटाएर ४५ लाख रुपैयाँ गरिएको छ।

किया मोटर्सले ईभी ९, सोनेट र सेल्टोस सार्वजनिक गरेको छ। साथै, बुटेलको रूपमा परिचित रोयल इन्फिल्डका क्लासिक ३५० र एड्भेन्चर मोटरसाइकल पनि राखिएका छन्।

बजाजले चेतक विद्युतीय स्कुटर सार्वजनिक गरेको छ, जसको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ छ।

महिन्द्राले बीई ६ र एक्सईभी ९ मोडलसहित पेट्रोल इन्जिनमा आधारित थ्री एक्स सार्वजनिक गरेको छ। बीई ६ को मूल्य ५७ लाख, एक्सईभी ९ को ६९ लाख र थ्री एक्सको मूल्य ४४ लाख रुपैयाँ छ।

बीवाईडीको अट्टो १ मोडल साइमेक्स इंकले सार्वजनिक गरेको हो। यसको सुरुवाती मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ।

एथर कम्पनीले एथर रिज्टा विद्युतीय स्कुटर ३ लाख ८३ हजार रुपैयाँमा सार्वजनिक गरेको छ।

दुईपांग्रे र कमर्सियल गाडी


हल सी मा ५ वटा दुईपांग्रे ब्रान्डको स्टल छन्,अल्ट्राभाइलेट, याडिया, सेगवे, दुगर्ड नेपालको रिभोल्ट र बेनली/मोरबिडेलीका बाइक छन्।

हल डी मा केटीएमका ३९० र २५० एडभेन्चर, ट्राइम्पका स्क्रयाम्बल ४००, गोगोरोका चार मोडल, सिएफ मोटोका नयाँ मोडल र प्युजोट स्कुटर राखिएका छन्।

२ पाङग्रेमा होन्डाको अन्तिम स्टल रहेको छ। कमर्सियल गाडीमा स्काईवर्थ, डोङफोङ, सनलङ, कामा लगायत कम्पनीका ११ देखि १९ सिटसम्मका गाडी देख्न पाइन्छ।

एक्स्पो आयोजकका अनुसार एक्स्पोमा गाडी अवलोकन मात्र नभई नवीन प्रविधिको अनुभव पनि लिन पाइनेछ। साथै, दैनिक ‘अटो संवाद’ कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
2.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.