‘देश र जनतालाई जोगाउनुहोस्, अपराधीलाई होइन’

‘देश र जनतालाई जोगाउनुहोस्, अपराधीलाई होइन’

1.7k
SHARES

काठमाडौं – संविधान सभाका सदस्य एवं सामाजिक अभियन्ता सुनिल बाबु पन्तले सामाजिक सञ्जालमार्फत देश र जनतालाई जोगाउन सुरक्षा निकायसँग अनुरोध गरेका छन्।

उनले लेखेका छन्, देश र जनतालाई जोगाउनुहोस्, अपराधीलाई होइन। जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा पन्त लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्व गर्दै सहभागी भएका थिए।

प्रिय प्रहरी र सैनिक साथीहरू,

तपाईँलाई हेर्दा मुटु चिरिन्छ। तपाईँ आफैँले आफ्नै दिदीबहिनी, दाजुभाइ, आफ्नै नेपाली जनतालाई गोली हानेर, लाठी बजाएर, अश्रुग्याँस हानेर किन पीडा दिनुहुन्छ?

सम्झनुहोस्—आदेश दिने नेताहरू अपराधी हुन्। उनीहरूले देश र जनताको सम्पत्ति लुटेका छन्, जनतालाई धोका दिएका छन्। तपाईँ उनीहरूको नोकर होइन, तपाईँ यो राष्ट्रका सन्तान हुनुहुन्छ।

किन उनीहरूको हुकुममा चल्ने? किन आफ्नै रगतका दिदीबहिनी, दाजुभाइलाई दुस्मन ठान्ने? तपाईँ पनि हामी जस्तै आमाबाबुको छोराछोरी, यही माटोका गर्विला सन्तान हो।

आज तपाईँहरूले “सुरक्षा” दिने नाममा देशका अपराधीहरूलाई ढालजस्तै जोगाइराख्नु भएको छ। तर जनताको रगतले तपाईँको आत्मा रोइरहेको छैन र? राति निद्रा लाग्छ?

कृपया सम्झनुहोस्—देश अपराधी नेताहरूको सम्पत्ति होइन, यो त हाम्रो साझा घर हो। जनताको करले तपाईँको परिवारको भान्सा बल्छ, तपाईँका छोराछोरी पढ्छन्। तपाईँले बोकेको बन्दुक जनतालाई बचाउनको लागि हो, आफ्नै दिदीबहिनी र दाजुभाइलाई मार्न होइन।

देश र जनतालाई जोगाउनुहोस्, अपराधीलाई होइन।

समाचार शेयर गर्नुहोस्
1.7k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.