सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ स्थगित

937
SHARES

काठमाडौं — काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयहरूले मङ्गलवार जारी गरेको कर्फ्यु आदेशका कारण सर्वोच्च अदालतमा तोकिएका मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको छ।

अदालतले जारी गरेको सूचना अनुसार विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही तथा कानुन व्यवसायीहरूलाई परेको असहजतालाई ध्यानमा राख्दै बन्दीप्रत्यक्षीकरणका निवेदन तथा पूरकमार्फत पेस हुने जरुरी प्रकृतिका निवेदन बाहेक अन्य नियमित पेशी तोकिएका मुद्दाहरू स्थगित गरिएका हुन्।

अदालतले यस निर्णय सम्बन्धी जानकारी सबै सरोकारवालालाई गराएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
937
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.