प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

941
SHARES

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले भरखरै राजीनामा दिएका हुन्।

२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले, जेनजी पुस्ताको आन्दोलन उत्कर्षमा पुगेको समयमा राजीनामा दिएका हुन्।

राजीनामा दिनुपर्ने चौतर्फी मागलाई ओलीले मङ्गलवार अबेर मात्रै सम्बोधन गरेका हुन्। नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

ओलीको राजीनामा पत्रमा,’हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै, संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानका लागि थप पहल गर्नुपर्ने भएकाले संविधानको धारा ७७ (१) (क) बमोजिम आजकै मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’उल्लेख गरिएको छ।

समाचार शेयर गर्नुहोस्
941
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.