संयमता अपनाउन सरकारी निकायहरूको अपिल

संयमता अपनाउन सरकारी निकायहरूको अपिल

928
SHARES

काठमाडौं — मुलुकका विभिन्न भागमा हिजोदेखि भइरहेका प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति भएको भन्दै नेपाल सरकारका उच्च निकायहरूले संयुक्त अपिल गरेका छन्। अपिलमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरिएको छ। साथै, राजनीतिक संवादमार्फत छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबै पक्षलाई अपिल गरिएको छ।

जेनजी प्रदर्शनकारीहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार कब्जा गरेका छन्। सिंहदरबार भित्रै प्रवेश गरेर उनीहरूले सरकारी कार्यालयहरूमा क्षति गरेका छन्। यो अवस्थापछि सरकारी संयन्त्रहरूले सार्वजनिक अपिल गरेका हुन्।

अपिलमा हस्ताक्षर गर्नेहरूमा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापा रहेका छन्।

समाचार शेयर गर्नुहोस्
928
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.