काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको मृत्यु भएको छ।
प्रदर्शनकारीले डल्लुस्थित खनाल निवासमा आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित जलन अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टी नेतृ दिलु पन्तले बताएकी थिइन।
घटनापछि गम्भीर घाइते भएकी चित्रकारलाई प्रारम्भिक उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा लगिएको थियो। *त्यहाँ उपचार सुरु भए पनि थप उपचारका लागि कीर्तिपुर पुर्याइएकी चित्रकारलाई चिकित्सकहरूले बचाउन नसकेको समाचार संप्रेषण गरेकोमा माफी चाहन्छौ। *बुधबार श्रीमती रविलक्ष्मी चित्रकारको अबस्थामा सुधार आएको अस्पतालले जनाएको छ।
जेनजी आन्दोलनकारीहरूले मङ्गलवार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई समेत आक्रमण गरेका छन्। नेताहरूका घरमा आगजनी गर्दै हिँडेका प्रदर्शनकारीहरूले देउवा दम्पतीलाई घरमै कुटपिट गरेका हुन्।
जेनजी युवाहरूले सिंहदरबार, संसद् भवनलगायत शीर्ष नेताहरूका निवासमा आगजनी गरेका छन्। आन्दोलनकारीहरूले राष्ट्रपति भवन शीतल निवाससम्म प्रवेश गरी त्यहाँसमेत आगजनी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेर अज्ञात स्थानतर्फ प्रस्थान गरेका छन्। आन्दोलनकारीहरू प्रवेश गर्ने सङ्केत पाएपछि उनी राजीनामापछि तत्कालै बालुवाटार छाडेर हिँडेका हुन्। ओलीको बालकोटस्थित घरसमेत प्रदर्शनकारीले आगो लगाएका छन्।
राज्यका तीनवटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीहरूले नियन्त्रणमा लिएका छन्। संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतमा उनीहरूले आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका छन्।
सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको स्वीकार गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनीहरूले विद्यमान परिस्थितिको समाधानका लागि सबै पक्षमा संयमता अपनाउन अपिलसमेत गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.