संयमित रहन जेनजी आन्दोलनको अपिल

संयमित रहन जेनजी आन्दोलनको अपिल

1.2k
SHARES

काठमाडौं — जेनजी आन्दोलनले आन्दोलनमा सहभागी भएका सबैलाई संयमित रहन आग्रह गरेको छ। अपिल पत्रमार्फत आन्दोलनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

आन्दोलनले जारी गरेको वक्तव्यमा भनिएको छ, “हाम्रो आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट त्यसलाई स्वीकृत गरिएको छ। यसले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ।”

साथै, आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह गर्दै नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको उल्लेख गरेको छ। अपिलमा भनिएको छ, “हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो। यही बाटोबाट सुरक्षित भविष्य भएको नेपाल बनाउन सकिन्छ।”

आन्दोलनले सहभागीहरूलाई संयम र धैर्यका साथ अघि बढ्न आह्वान गर्दै सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बस्ने विश्वास व्यक्त गरेको छ।

समाचार शेयर गर्नुहोस्
1.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.