"/>
काठमाडौं – नेपाली सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधि नगर्न नगराउन आग्रह गरेको छ।
सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मङ्गलवार रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराएको छ।
सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गरेको छ। सुरक्षा स्थितिको पुनर्मुल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्रधानसेनापति अशोक राज सिग्देलको सम्बोधन
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.