मानव धर्म सेवा समितिले गर्यो झन्डै तीन सय पिन्ट रगत सङ्कलन

मानव धर्म सेवा समितिले गर्यो झन्डै तीन सय पिन्ट रगत सङ्कलन

934
SHARES

काठमाडाैं – नेपाल मानव धर्म सेवा समितिले देशका विभिन्न ७ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा झन्डै तीन सय पिन्ट रगत सङ्कलन भएको छ।

मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको जन्मदिनको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २ सय ९५ जनाले रक्तदान गरेका हुन्।

सङ्कलित रगत मध्य काठमाडौँमा ८४ पिन्ट, बुटवलमा ५८ पिन्ट, धुलावारीमा ४१ पिन्ट इटहरीमा ३७ पिन्ट रगत जम्मा भएको छ। त्यस्तै पोखराबाट ३२ पिन्ट, नेपालगन्जबाट ३१ पिन्ट र टिकापुरबाट १२ पिन्ट रगत सङ्कलन भएको हो।


जेनजीको आन्दोलनमा देशका सबैजसो स्थानमा धेरै घाइते बिरामी भएको र रगतको अभाव चरम अवस्थामा पुगेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाइजीले जानकारी दिइन्।

२१ सेप्टेम्बरमा महाराजजीको जन्म दिन पर्ने र उहाँको जन्मदिनमा सामाजिक उत्तरदायित्व पूरा गर्ने हिसाबले विभिन्न सामाजिक क्रियाकलापहरू पनि संस्थाले गर्दै आएको जनाएकाे छ।

संस्थाले रक्तदानका अलावा देशका विभिन्न स्थानमा सरसफाइ, शैक्षिक सामग्री वितरण जस्ता क्रियाकलाप पनि सम्पन्न गरेको छ।

समाचार शेयर गर्नुहोस्
934
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.