निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मुस्ताङ भन्सार कार्यालयले सङ्कलन गर्‍यो ३४ करोड ४७ लाख राजश्व

मुस्ताङ भन्सार कार्यालयले सङ्कलन गर्‍यो ३४ करोड ४७ लाख राजश्व

२०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधन भित्रिए

962
SHARES

काठमाडौं – मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। भदौ ३० गतेबाट पूर्णरुपमा सञ्चालनमा आएको भन्सार कार्यालयबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधन भित्रिएका हुन्।

भन्सार विभागका अनुसार यी मालवस्तु जाँचपासबाट ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजश्व सङ्कलन भएको छ। असार २४ गते रसुवाको लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द छ।

तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको छ। यो अवस्थामा नेपाल र चीनबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय नेचुङ (कोरला नाका) २०८२ भदौ ३० गतेबाट पूर्णरुपमा सञ्चालनमा आएको विभागले जनाएको छ।

विभागले निकालेको विज्ञप्ति अनुसार हाल यो नाकामा आशिकुडा प्रणाली समेत सञ्चालन भइसकेको छ। नेपाल राष्ट्र बैङ्कको भदौ ३१ को परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको विभागले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
962
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.