नेपाली सेनाको अपिल : यथार्थपरक सूचना लिन आग्रह

नेपाली सेनाको अपिल : यथार्थपरक सूचना लिन आग्रह

480
SHARES

काठमाडौं — नेपाली सेनाले संवेदनशील अवस्थामा भ्रम फैलाउने वा अपुष्ट समाचारमा आधारित टिप्पणी नगर्न अपिल गरेको छ। सत्य सूचना सार्वजनिक गर्न मिडिया तथा आम नागरिक सबैसँग नेपाली सेनाले अनुरोध गरेको छ।

भाद्र २३ र २४ गते देशमा उत्पन्न भएको विषम परिस्थितिलाई सामान्य बनाउने क्रममा नेपाली सेनाले आवश्यकता अनुसार पहल लिएको बताएको छ। विभिन्न विद्वान, समाजसेवी, सञ्चारकर्मी र आम नागरिकबाट आएका राय, सुझाव र समालोचनात्मक अभिव्यक्तिप्रति सेनाले आभार व्यक्त गरेको छ।

सेनाले शुक्रवार अपिल गर्दै भनेको छ, “आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहल लिएको अवगत गराउन चाहन्छौँ।”

सेनाले पछिल्ला दिनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था तथा नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिप्पणी र धारणाहरू सम्प्रेषण भइरहेको बताउँदै ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ।”

त्यसैले सेनाले सबैमा आग्रह गरेको छ,सेना सम्बन्धी कुनै पनि जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचना मात्र सम्प्रेषण गर्न सहयोग पुर्‍याउन।

समाचार शेयर गर्नुहोस्
480
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.