तिहारको रौनकसँगै धान भित्र्याउने चटारो

तिहारको रौनकसँगै धान भित्र्याउने चटारो

562
SHARES

वर्षाको अन्त्य, सेतो बादल, सफा नीलो आकाश मुनि सुनौला धानबालाहरू लहराउँदै शरद ऋतुले भकुण्डेबेशीको फाँटहरूमा मनमोहक छाएको छ। यो यामलाई “मानो छरेर मुरी भित्र्याउने मौसम”का रूपमा पनि लिइन्छ। किसानका लागि यो मौसम उत्पादनको मात्र नभई उत्सवको प्रतीक पनि हो।

शरद ऋतुको शीतलता, तिहारको उमङ्ग र धान खेतको सुनौलोपनले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् उचाइमा पुर्‍याएको छ। नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीका खेतभरि पाकेका धानका बालाहरूले सुनको समुद्र झैँ सजिएका दृश्यहरू दिएका छन्। वातावरण लोभलाग्दो बनेको छ।

लहलह झुलेका धानका बालाहरूसँगै यति बेला भकुण्डेबेशी फाँट सुनौलो भएको छ। धान पाकेर सुनझैँ रमणीय दृश्यहरूले मनमोहक देखिएको छ, भकुण्डेबेशी। यो दृश्यले मात्र खेतका किसानको मेहनत होइन, जीवनको उत्सव पनि झल्काउँछ।

पहेँलै भएर लहलह झुलेको धानका बालाहरूले हर्षोल्लासका साथ तिहार पर्वलाई स्वागत गरिरहेछ। तिहार पर्वले उल्लास छाएझैँ भकुन्डेका किसानहरू प्रफुल्ल भएका छन्।

भकुण्डेबेशीमा मात्र हैन, नमोबुद्ध नगरपालिकाको नौबिसे, चरङ्गेफेदी, खोलेखेत, दलशिङ्गे, टटलेटार, भेडाबारी, चरुवा लगायत वरिपरिका बस्तीका किसानहरूलाई तिहार रौनकसँगै धान भित्र्याउने चटारोले छोपेको छ।

समाचार शेयर गर्नुहोस्
562
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.