नेवा: पुच:यूएईको दुबईमा “य:मरी पुन्ही”

नेवा: पुच:यूएईको दुबईमा “य:मरी पुन्ही”

594
SHARES

दुबईमा नेवा: पुच युएई द्वारा प्रत्येक वर्ष मनाउँदै आएको ‘य:मरी पुन्ही’ यस वर्ष पनि विविध कार्यक्रम सहित उपस्थित सबैलाई य:मरी वितरण गरी हर्षोल्लासका साथ य:मरी पुन्ही आइतबार सम्पन्न गरेको छ।

कार्यक्रममा पुचका अध्यक्ष वीरेन्द्र नकर्मीले नेवारहरूले नेपाल बाहिर पनि नेवारी परम्परा, भाषा,रहनसहन र संस्कृति जगेर्ना गर्न संस्थागत रूपमा आफूहरू लागेको बताए ।नेवारी खाना ,नेवा: मूल्य मान्यता तथा यसको जगेर्ना तथा प्रचार प्रसार गर्न यस किसिमको कार्यक्रमको आवश्यकता रहेको नकर्मीले बताए।

कार्यक्रममा य:मरी पुन्हीको बेलामा गाइने गीतका साथै पुच:का सदस्यहरूले सामूहिक रूपमा नेपाल भाषा तथा नेपाली गीतहरू प्रस्तुत गरेर अतिथिहरूलाई मनोरञ्जन एव खेलकुद प्रतियोगिता समेत भएको थियो।

कार्यक्रममा कलाकारहरूले नेवारी परम्परागत बाजाहरू बजाएर आफ्नो संस्कृतिको पहिचान गराएका थिए। सोही समारोहमा प्रतियोगीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा महासचिव कुमार बलामीले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु हुँदै मातृभूमिबाट यति टाढा परदेश रहेर पनि आफ्नो संस्कृतिको पहिचानको लागि नेवार समुदायले आयोजना गरेको य:मरी पुन्ही कार्यक्रमका अतिथिहरूलाई य:मरी सहित विभिन्न नेवा:परिकारहरुको व्यवस्था गरिएको थियो।

धार्मिक, सांस्कृतिक मान्यताका साथै मौसम अनुसारको पौष्टिक आहारको रूपले महत्त्वपूर्ण मानिने यःमरी नेवा: समुदायको सभ्यता र संस्कृतिको परिकारको रूपमा परिचित मानिन्छ।

युएईका विभिन्न क्षेत्र बाट मौसम खराबी भए पनि नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समाचार शेयर गर्नुहोस्
594
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.