लैङ्गिक हिंसाको अन्धकारमा,
न्यायको दीप बाल्नुपर्छ,
पीडितका आँसु पुछ्दै,
मानवताको हात थाम्नुपर्छ!
नारी होस्, पुरुष होस् वा तेस्रोलिङ्गी,
सबैको जीवन अमूल्य छ,
पहिचान फरक होला हाम्रो,
तर सम्मान पाउने अधिकार समान छ!
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज,
कसैले दबाउन सक्दैन,
हिंसा, विभेद र अपमानको पर्खाल,
एकताको शक्तिले भत्काउन सकिन्छ!
म पनि यही समाजकी छोरी,
तेस्रोलिङ्गी महिला नुमा लिम्बु (चञ्चला),
पहिचान, अधिकार र सम्मानको यात्रामा,
न्यायका लागि उठिरहने आवाज हुँ म।
हिंसा सहनु हाम्रो बाध्यता होइन,
मौन बस्नु हाम्रो नियति होइन,
समानता, समावेशिता र आत्मसम्मानका लागि,
एकजुट हुनु नै आजको आवश्यकता हो!
आउनुहोस्, हिंसामुक्त समाज बनाऔँ,
पीडितलाई संरक्षण र न्याय दिलाऔँ,
लैङ्गिक तथा यौनिक विविधताको सम्मान गर्दै,
मानवताको सुन्दर संसार सजाऔँ!
हिंसा होइन, सम्मान रोजौँ।
विभेद होइन, समानता खोजौँ।
घृणा होइन, माया बाँडौँ।
पहिचानसहितको अस्तित्वलाई स्वीकार गरौँ। ❤️🌈🙏🇳🇵
…✍️ नुमा लिम्बु (चञ्चला) तेस्रोलिङ्गी महिला
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय अभियन्ता
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.