सद्भाव संयन्त्र गठनसँगै वीरगन्ज शान्त

सद्भाव संयन्त्र गठनसँगै वीरगन्ज शान्त

469
SHARES

पर्सा – दुई धार्मिक समुदायबीच तनाव उत्पन्न भएपछि तीन दिनदेखि अशान्त बनेको पर्सा जिल्लामा अवस्था क्रमशः सामान्य बन्दै गएको छ। अवस्था तनावग्रस्त बन्दै गएपछि सुरक्षा सतर्कता समेत बढाइएको थियो।

अवस्था सामान्य बन्दै गएपछि वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यु हटाइएको छ। मङ्गलवार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात् कर्फ्यु हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

स्थानीय प्रशासनले यसअघि मङ्गलवार साँझ ६ बजेसम्म कर्फ्यु अवधि थप गरेको थियो। तर जिल्लाको शान्ति–सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन तथा व्यापार–व्यवसाय सहज बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै दिउँसो ३ बजेर ३० मिनेटदेखि कर्फ्यु आदेश हटाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

दुई धार्मिक समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा हुँदै कर्फ्यु लगाएको थियो। जिल्लामा रहेका राजनीतिक दलहरू तथा धार्मिक सङ्घ–सङ्गठनका प्रतिनिधि सम्मिलित रहेको स्थायी सद्भाव संयन्त्र गठन गरिएको छ। यस संयन्त्रले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सर्वपक्षीय बैठकले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी समाचार सङ्कलन तथा सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
469
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.