माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

485
SHARES

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

लगत्तै शीतल निवासले सोही अनुसार राष्ट्रपतिबाट अधिवेशन आव्हान भएको जनाएको छ।

भदौ २३ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थियो।

सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्द प्रसाद भण्डारी अखण्डलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। साथै केही आर्थिक भुक्तानीका लागि स्वीकृत गरिएको उनले बताए।

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत पनि गरिएको छ।

समाचार शेयर गर्नुहोस्
485
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.