चुनावमा भिड्दै कोनिका, पिंकी, मधु र पूर्णचन्द्र, अरु नाममा छलफल चल्दै

चुनावमा भिड्दै कोनिका, पिंकी, मधु र पूर्णचन्द्र, अरु नाममा छलफल चल्दै

511
SHARES

काठमाडौँ – प्रतिनिधिसभाको फागुन २१ गते हुन लागेको चुनावमा प्रत्यक्षतर्फ समावेशी समाजवादी पार्टीबाट चार जनाको नाम टुङ्गो लगाएको छ।

काभ्रे क्षेत्र नं १ बाट विनोद लामा (कोनिका)ले समावेशी समाजवादी पार्टीबाट टिकट पाएकी छन्। उनले उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि समावेशी समाजवादी पार्टीबाट टिकट लिएकी हुन्।

यस्तै ओखलढुङ्गा १ बाट पिंकी राईले प्रत्यक्षतर्फको टिकट पाएकी छन्। उनले समावेशी समाजवादी पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्ने भएकी हुन्।

रुपन्देही २ बाट देवेन्द्र बहादुर खत्री मधुले उम्मेदवार मनोनयनका लागि समावेशी समाजवादी पार्टीबाट टिकट लिएका छन्।

काठमाडौँ १० बाट पूर्ण चन्द्र पौडेलले उम्मेदवार मनोनयनका लागि टिकट पाएका छन्। उनले पनि समावेशी समाजवादी पार्टीबाट टिकट लिएका हुन्।

समावेशी समाजवादी पार्टीले अन्य निर्वाचन क्षेत्रमा पनि उम्मेदवार दिने बताएको छ। उम्मेदवारको नाम टुङ्गो लगाउन छलफल चलिरहेको अध्यक्ष नुमा लिम्बु चञ्चलाले बताइन। ‘हामी अन्य निर्वाचन क्षेत्रमा पनि उम्मेदवार मनोनयन गर्छौ,नाम टुङ्गो लगाउन छलफल चलिहरेको छ,’उनले भनिन्।

समावेशी समाजवादी पार्टीका महासचिव मनिन्द्र सिंह दनुवारका अनुसार प्रत्यक्षतर्फ अन्य निर्वाचन क्षेत्रबाट पनि टिकटको माग गर्नेहरू छन्। उनीहरूको नाममा छलफल चलिरहेको उनले बताए। उनले केही उम्मेदवारहरूको क्षेत्र निर्धारण हुन बाँकी रहेको जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
511
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.