श्रमजीवी पत्रकारको आवाज दबिँदा तालाबन्दी

श्रमजीवी पत्रकारको आवाज दबिँदा तालाबन्दी

481
SHARES

काठमाडौं – नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका न्यायोचित मागहरू दीर्घ समयदेखि बेवास्ता गरिएको भन्दै नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ।

महासङ्घले नागरिक दैनिकको प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रमजीवी पत्रकारका आधारभूत हक, सेवा–सुविधा र पेसागत सुरक्षासम्बन्धी मागहरू पटक–पटक उठाउँदा पनि सुनुवाइ नभएको जनाएको छ।

निरन्तर दबाब, अनिश्चित रोजगारी, पारिश्रमिक र श्रम अधिकारसम्बन्धी समस्याबाट गुज्रिरहेका श्रमजीवी पत्रकारको आवाज बेवास्ता भएपछि व्यवस्थापन कक्षमै तालाबन्दी गर्नुपरेको महासङ्घको भनाइ छ।

यता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने आफ्ना श्रमजीवी पत्रकार तीन जनासहित नेपाल पत्रकार महासंघविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ।

समाचार शेयर गर्नुहोस्
481
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.