चलचित्र “सारथी”मा निरुता र उत्तमको पुनरागमन

चलचित्र “सारथी”मा निरुता र उत्तमको पुनरागमन

383
SHARES

काठमाडौँ – नेपाली चलचित्र “सारथी” को शुभ मुहूर्त कार्यक्रम भद्रकाली मन्दिरमा सम्पन्न भएको छ।

सारथी चलचित्रमार्फत निरुता सिंह र उत्तम प्रधानले चरित्र अभिनेत्री अभिनेताको रूपमा पुनरागमन गर्ने भएका छन् भने, मुख्य भूमिकामा नयाँ अनुहार गिरी विश्वकर्मा र गायत्री जोशी देखिनेछन्।

मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मा लगायत कलाकारहरूको यस चलचित्रमा अभिनय रहनेछ।

किम्भे प्रोडक्सनको ब्यानर तथा धीरज इन्फिनिटी फिल्म्स प्रा. लि. को सहकार्य रहेको चलचित्र “सारथी” धवालगीरिको काखमा रहेको म्याग्दीको गुर्जा गाउँमा छायाँङकन गरिनेछ।

चलचित्रमा त्यही गाउँको सत्य घटनालाई मुख्य विषय बनाएर दर्शकहरू सामु पस्कन लागिएको निर्देशक कुमार गजुरेलले जानकारी दिए।

चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ रहेका छन् भने निर्माता सौर्यल थापा हुन्। कार्यकारी निर्मातामा रदिप श्रेष्ठ र प्रदिप रायमाझी रहेका छन्।

लाइन प्रोड्युसरको रूपमा अमीर के.सी संलग्न छन् भने सिनेम्याटो ग्राफर सङ्कल्प भुजेल, चलचित्र निर्देशन कुमार गजुरेलले गर्नेछन्।

समाचार शेयर गर्नुहोस्
383
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.