नीतिगत संवादलाई नयाँ ऊर्जा सहित अगाडि बढाउने

नीतिगत संवादलाई नयाँ ऊर्जा सहित अगाडि बढाउने

70
SHARES

काठमाडौं – नेपाल आर्थिक सङ्घको ३६ औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। प्रा. डा. विश्वम्भर प्याकुरेल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।

काठमाडौँमा सम्पन्न भएको साधारण सभामा निर्वाचनपछिको सम्बोधनमा प्रा. डा. प्याकुरेलले सङ्घ स्थापना भए यताका चुनौतीहरूको स्मरण गर्दै हालका वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विविध कार्यक्रम सञ्चालन गरी सङ्घले आफ्नो उपस्थिति सुदृढ बनाएको उल्लेख गरे।

विश्व बैङ्क, युएनडिपी, नेपाल सरकार लगायत संस्थासँग सहकार्य गर्दै आर्थिक नीति, अनुसन्धान तथा समसामयिक विकासका विषयमा छलफल अघि बढाइएको उनले बताए। साथै, निकट भविष्यमा प्रदेश स्तरमा कार्यक्रम विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए।

उपलब्धि मध्ये, दक्षिण एसियाका अर्थशास्त्रका विद्यार्थी तथा नेपालका धेरै सहभागीहरूलाई सहभागी गराई सार्क क्षेत्रका प्रमुख आर्थिक मुद्दाहरूमा केन्द्रित क्षेत्रीय कार्यक्रम आयोजना गरिएको थियो। यसले सङ्घको पहिचान र पहुँच उल्लेखनीय रूपमा विस्तार भएको प्रा. प्याकुरेलले बताए।

उपाध्यक्ष पदमा डा. पोषराज पाण्डे र प्रा. डा. गोविन्द नेपाल सर्वसम्मत रूपमा निर्वाचित भए। महासचिवमा डा. गोपाल प्रसाद तिवारी निर्वाचित भए। उनले सङ्घले विगतमा सञ्चालन गरेका नीतिगत तथा कार्यान्वयन तहका गतिविधिहरू जस्तै नीतिगत बहस, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूका बारेमा संक्षिप्त जानकारी दिए।

सचिव पदमा डा. खोमराज खरेल र कोषाध्यक्षमा प्रा. डा. शान्ता सिंह निर्वाचित भए।

नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा प्रा. डा. विजय श्रेष्ठ, प्रा. डा. केशवराज खड्का, प्रा. डा. शिवराज अधिकारी, प्रा. डा. कुसुम शाक्य, प्रा. डा. माधवप्रसाद दाहाल, डा. विष्णुदेव पन्त, डा. मणिकुमार नेपाल, डा. यादवमणि उपाध्याय तथा सुश्री जमुना श्रेष्ठ रहेका छन्।

समाचार शेयर गर्नुहोस्
70
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.