युवा उद्यमी सोनी राणाको सासाले मनायो सफलताको पहिलो वर्ष

युवा उद्यमी सोनी राणाको सासाले मनायो सफलताको पहिलो वर्ष

167
SHARES

काठमाडौं – विङ्स अन्डर फोर्टीमा “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” जित्न सफल सोनी राणाको सासा ट्राभल्स प्रा.लि.ले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। नेपालको ट्राभल व्यवसायमा केही नयाँपन दिने, ग्राहक सेवामा फरक अनुभूति प्रदान गर्ने तथा प्रतिस्पर्धी मूल्य कायम गर्ने प्रतिबद्धतासहित सञ्चालनमा आएको सासा ट्राभल्सले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको हो।

एयरलाइन्स टिकटिङ, टुर्स तथा ट्राभल क्षेत्रमा एक दशकभन्दा लामो अनुभव बोकेकी युवा उद्यमी सोनी राणाले सन् २०२५ मे १५ मा स्थापना गरेको सासा ट्राभल्सले आफ्नो स्थापनाको पहिलो वर्षमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको दाबी गरेको छ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपेली गन्तव्यहरूको टिकटिङमा विशेष दख्खल राख्ने सासाले आउटबाउन्ड ट्राभलतर्फ समेत राम्रो सफलता प्राप्त गरिसकेको बताएको छ। इन्डोनेसियाको बालीका फिक्स्ड डिपार्चर टुर्समा विशेष फोकस रहेको सासाले बाली बाहेक थाइल्यान्ड, श्रीलङ्का तथा युरोपका विभिन्न गन्तव्यहरूको टुर सञ्चालन गर्दै आएको जनाएको छ।

काठमाडौँमा आयोजित आफ्नो पहिलो वार्षिकोत्सव समारोहमा एयरलाइन्सका प्रतिनिधिहरू, जीडीएस म्यानेजरहरू, ट्राभल एजेन्सीहरू तथा सासाका विशेष ग्राहकहरूको सहभागिता रहेको थियो।

सासा ट्राभल्सकी प्रबन्ध निर्देशक सोनी राणा विङ्स अन्डर फोर्टीमा “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” जित्न सफल भएकी थिइन्। ट्राभल एजेन्सी स्थापनाको छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेबापत विङ्स अन्डर फोर्टीमा छनोट भएकी सोनी र सासाको प्रगति लोभलाग्दो रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए।

कार्यक्रममा बोल्दै एमेडस नेपालकी कन्ट्री म्यानेजर निरु दुग्गलले सानै उमेरमा व्यवसाय सुरु गरेर सफलताको शिखरमा पुग्नु सानो कुरा नभएको बताउँदै यसबाट सबै युवाले प्रेरणा लिनुपर्ने उल्लेख गरिन्।

समाचार शेयर गर्नुहोस्
167
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.