सहकारी बचत फिर्ताको सुरुवात

सहकारी बचत फिर्ताको सुरुवात

78
SHARES

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार ३ वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको जानकारी दिएको हो।

समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। कान्तिपुर र पशुपति सहकारीका सिबी लामा डिल्लीबजार कारागारमा छन्। शिव शिखर सहकारीका केदार नाथ शर्मा रास्वपा सभापति रवि लामिछानेसँगै भागेका थिए। उनी पनि कारागारमै छन्।

पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको जानकारी दिएको समितिले फिर्ता भएको रकम भने उल्लेख गरेको छैन। अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने समितिले बताएको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कूल ७६ हजारमध्ये १८ हजार जनाले पाँच लाखभन्दा बढी बचत गरेका समितिले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन्।

मन्त्री रावलको सचिवालयका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाम सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोड भन्दा बढी ऋण फिर्ता गरेका छन्। ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
78
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.