गौतमश्री सहकारी : ऋणीहरूको नाम सार्वजनिक, रकम गोप्य

गौतमश्री सहकारी : ऋणीहरूको नाम सार्वजनिक, रकम गोप्य

179
SHARES

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिले उपलब्ध ऋणी विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। समितिका अनुसार, साबिकमा ऋण चुक्ता गरिसकेका तर ऋणीहरूको नामावलीमा नाम सार्वजनिक भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ।

त्यस्तै, हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। अन्यथा प्रचलित कानूनबमोजिम असुली तथा कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

समितिले ऋणीहरूको नाम, ऋण लिएको मिति, उद्देश्य तथा मोबाइल नम्बर सार्वजनिक गरेको छ। तर, ऋणीले तिर्नुपर्ने रकम भने सूचनामा खुलाइएको छैन। रकम भने गोप्य राखिएको छ।

समितिका अनुसार, २०८३ साल वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार १३६ जना ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो। यसअघि नेपाल सरकारले २०८० चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो।

समितिले सहकारी समस्या समाधानका लागि ऋणीहरूको वास्तविक विवरण अद्यावधिक गर्ने, ऋण चुक्ता गरिसकेकाहरूलाई प्रमाणसहित उपस्थित गराउने तथा बाँकी ऋण असुली प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने तयारी गरिएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
179
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.