बजेट भाषण सुरु, करका दरमा वृहत पूनरावलोकन

बजेट भाषण सुरु, करका दरमा वृहत पूनरावलोकन

197
SHARES

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण सुरु गरेका छन्।

नेपाली कागजको फाइलमा बजेट तयार पारेका अर्थमन्त्री वाग्लेले पहिलो बजेट भाषण गरिरहेका छन्। अर्थमन्त्री वाग्लेले करका दरमा वृहत पुनरावलोकन गरेको जानकारी दिएका छन्। ११ तहको भन्सार तहलाई ७ तहमा सिमित गरिएको छ।

कर छुट सम्बन्धी विशेष योजना ल्याएको अर्थमन्त्री वाग्लेले बताए। प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुगेको छ। ३६० वस्तुको अन्तशुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिए। कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउने घोषणा अर्थमन्त्री वाग्लेले गरेका छन्।

नेपाली नागरिकले विदेशमा लगानी गर्न सहज बनाउने, लगानी फिर्ताका लागि राष्ट्र बैङ्कको स्वीकृति लिनु नपर्ने, जानकारी दिए पुग्ने व्यवस्था गरेको उनले बताए। उधारो असुल सम्बन्धी कानुनको व्यवस्था गर्ने उनले बताए।

शुक्रवार नै सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसदमा पेस गर्नलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।

समाचार शेयर गर्नुहोस्
197
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.