राजनीतिक सहभागितादेखि कानुनी सहायतासम्म, वडा कार्यालयमा ज्ञापनपत्र

राजनीतिक सहभागितादेखि कानुनी सहायतासम्म, वडा कार्यालयमा ज्ञापनपत्र

436
SHARES

काठमाडौं – मायाको पहिचान नेपालले काठमाडौं महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष कुश ढकाललाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूका लागि बजेट विनियोजन गर्न माग गरेको छ।

कानुनी परामर्श तथा सहायता, राजनीतिक सहभागिता र समावेशी विकासका कार्यक्रम सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको मायाको पहिचान नेपालले जनाएको छ।

ज्ञापनपत्र बुझाउँदै सामाजिक अभियन्ता सुरेन्द्र पाण्डेले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई स्थानीय तहका योजना तथा कार्यक्रमहरूमा समेट्न माग गरे।

सामाजिक अभियन्ता विश्वराज अधिकारीले समुदायका व्यक्तिहरूले विभिन्न क्षेत्रमा भोगिरहेका चुनौतीहरूको समाधानका लागि स्थानीय सरकार संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए।

सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङले समान अवसर, सम्मान र सहभागिता सुनिश्चित गर्न स्थानीय तहले विशेष पहल गर्नुपर्ने बताए।

सामाजिक अभियन्ता प्रणिल क्षेत्रीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता र नेतृत्व विकासका लागि सकारात्मक वातावरण सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे।

मायाको पहिचान नेपालका प्रोजेक्ट लिड मनिन्द्र सिंह दनुवारले संविधान र कानुनले प्रदान गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गर्दै समुदायको सशक्तीकरण, कानुनी परामर्श तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

समावेशी, समानतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको विषयमा उनीहरूले जोड दिए।

समाचार शेयर गर्नुहोस्
436
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.