अर्थमन्त्रीले दिए आरोप पुष्टि गर्न चुनौती

अर्थमन्त्रीले दिए आरोप पुष्टि गर्न चुनौती

288
SHARES

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दरमा बेइमानी गरेको प्रमाण दिन सके सार्वजनिक जीवन नै त्यागिदिने बताएका छन्। रातारात करका दर परिवर्तन गरेर अर्बौँ रुपैयाँ घोटाला गरेको आरोप लागेपछि अर्थमन्त्री वाग्लेले आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाण भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका हुन्।

बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले आफूविरुद्ध लगाइएका आरोपहरूको जवाफ आरोपकै शैलीमा दिँदै करका दर हेरफेर तथा विद्युतीय गाडीसम्बन्धी सूचना चुहावटको आरोप पुष्टि गर्न चुनौती दिए।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्। अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा. वाग्लेले भने, “यो नैतिकता अन्य कोही संसद् वा राजनीति गर्नेहरूमा छ?”

छलफलका क्रममा उनले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न पनि चुनौती दिए। साथै, आफूले नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा केही मानिसहरू लागेको तथा बदनाम गर्ने प्रयास गरिएको आरोप पनि लगाए।

समाचार शेयर गर्नुहोस्
288
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.