कांग्रेसको नयाँ क्रियाशील सदस्यता खुल्ला रहने

कांग्रेसको नयाँ क्रियाशील सदस्यता खुल्ला रहने

175
SHARES

काठमाडौँ – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहने जनाएको छ। बिहीबार राति १२:०० बजेसम्ममा वडा सभापति मार्फत ५ लाख ३८ हजार ६ सय २२ जनाले एनसीआइडी प्राप्त गरिसकेका छन्।

कांग्रेस पार्टी कार्यालयका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फारम पेश गरी वडा सभापति मार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको छ।

कांग्रेसले सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक रूपमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको जनाएको छ।

नेपाली कांग्रेसका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्य छन्।

इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने कांग्रेसले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
175
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.