सुतेकै ठाउँमा तेस्रोलिंगी मृत फेला

सुतेकै ठाउँमा तेस्रोलिंगी मृत फेला

277
SHARES

काठमाडौं – काठमाडौं महानगरपालिका–३, पुरानो प्रचण्ड निवास चण्डोलस्थित राजन महर्जनको घरको दोस्रो तलामा डेरा गरी बस्दै आएकी तेस्रोलिंगी इशा नेपाल सुतेकै ठाउँमा मृत फेला परेकी छन्।

३३ वर्षीया नेपाल शुक्रवार बिहान साढे ९ बजे आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन्।

दाङको शान्तिनगर गाउँपालिका–५ स्थायी घर भएकी इशाको मृत शरीर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको छ।

मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी एवं प्रवक्ता प्रवनकुमार भट्टराईले बताए। उनका अनुसार मृत्यु शङ्कास्पद जस्तो देखिएको छैन।

प्रहरीले घटनाको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगेको जनाएको छ। पोस्टमार्टम शनिवार हुने प्रवक्ता भट्टराईले जानकारी दिए।

इशा नेपाल साथीसँग डेरामा बस्थिन्। उनको स्थायी घर दाङ हो। उनी बिरामी थिइन् र बिहीबार मात्रै कोठामा फर्किएकी थिइन्। काठमाडौँमा इशाका भाइ छन्। तर, उनी छुट्टै डेरा गरी बस्थे।

इशाको औषधिको मात्रा बढी भएका कारण मृत्यु भएको हुन सक्ने उनका सहयात्री लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले बताएका छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको अल्पायुमै मृत्यु हुन थालेको घटनाले आफूहरू चिन्तित बनेको समुदायका व्यक्तिहरूले बताएका छन्।

समाचार शेयर गर्नुहोस्
277
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.