बिपी राजमार्ग बस दुर्घटना : ८ मृतकको पहिचान, ६ जना रोशीका

बिपी राजमार्ग बस दुर्घटना : ८ मृतकको पहिचान, ६ जना रोशीका

202
SHARES

काभ्रे – बिपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मृत्यु हुनेमध्ये ६ जना रोशी गाउँपालिकाका रहेका छन्। मृत्यु हुनेमा रोशी गाउँपालिका–६ बस्ने ७३ वर्षीय मेघबहादुर तामाङ, रोशी गाउँपालिका–७ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–६ बस्ने ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी गाउँपालिका–८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङ, रोशी गाउँपालिका–६ बस्ने ५५ वर्षीय राजु तामाङ र रोशी गाउँपालिका–७ बस्ने ६० वर्षीया माया तामाङ रहेका छन्।

यस्तै, दुर्घटनामा त्रिनेत्र दल गण भकुण्डेबेशीमा कार्यरत नेपाली सेनाका अमलदार दैलेख जिल्ला निवासी ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुली घ्याङलेक गाउँपालिका–४ बस्ने २२ वर्षीया सुमि तामाङको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रवक्ता डिएसपी रविन विष्टले जानकारी दिए।

प्रहरीका अनुसार नमोबुद्ध नगरपालिका–२ बुचाकोटस्थित बिपी राजमार्गमा बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस शुक्रवार सडकबाट अन्दाजी ३०० मिटर तल खोँचमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा रोशी गाउँपालिकाका एनिशा तामाङ, विष्णु डोल्मो तामाङ, धनबहादुर तामाङ, चन्द्र तामाङ, रमिता वाइबा, मनब तामाङ, डम्बरबहादुर शाह र कृष्णबहादुर तामाङ रहेका छन्।

त्यसैगरी, बर्दिया बारबर्दिया नगरपालिका–१२ बस्ने सुरेशबहादुर बादी, बस चालक काभ्रे बनेपा नगरपालिका निवासी घोया सिंह तामाङ, रोशी गाउँपालिकाकी विष्णुमाया लामा, बिबीमाया तामाङका ४ वर्षीय छोरा सुबाश तामाङ, सुमि लामाका १८ महिनाका छोरा उग्रेन लामा, सार्कीमान लामा, बिबीमाया तामाङ र तेमाल गाउँपालिकाका मनुराज तामाङ पनि घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
202
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.