बीमा-धितोपत्र प्रकरणमा सुलभ अग्रवाल र दीपक भट्टसँग धरौटी माग

बीमा-धितोपत्र प्रकरणमा सुलभ अग्रवाल र दीपक भट्टसँग धरौटी माग

182
SHARES

काठमाडौँ – बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा दीपक कुमार श्रेष्ठसमेत ४२ जना प्रतिवादी रहेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले थुनछेक आदेश गरेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।

त्यसैगरी, धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा सुलभ अग्रवालसमेत २ जना प्रतिवादी रहेको मुद्दामा अदालतले सुलभ अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको अदालत प्रशासनले जनाएको छ।

यस्तै, धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतकै कसुरमा नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको लगानी समिति सदस्य सुजल मल्लसमेत ८१ जना प्रतिवादी रहेको मुद्दामा अदालतले सुलभ अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र दीपक भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ।

यसै प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको थियो। उक्त मुद्दामा दीपक भट्टसँगै शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शङ्करलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल, अमित मोर समेतलाई प्रतिवादी कायम गरिएको छ।

अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्ससहित विभिन्न कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दाको अनुसन्धानका लागि दीपक भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ गते पक्राउ परेका थिए।

समाचार शेयर गर्नुहोस्
182
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.