काभ्रे तेमालकी युवतीको आत्मदाह प्रयास, श्वासनलीमा गम्भीर समस्या

काभ्रे तेमालकी युवतीको आत्मदाह प्रयास, श्वासनलीमा गम्भीर समस्या

210
SHARES

काठमाडौँ – काठमाडौँ महानगरपालिका–६, बौद्ध गेट नजिक श्रीमानसँगको विवादपछि आत्मदाहको प्रयास गरेकी सालु गुरुङको अवस्था गम्भीर रहेको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक किरण नकर्मीका अनुसार गुरुङको शरीरको ३३ प्रतिशत भाग जलेको छ। उनको श्वासनलीमा गम्भीर समस्या देखिएकाले श्वासनलीमा ट्युब राख्ने काम गरिएको उनले जानकारी दिए। उनको आइसियुमा राखेर उपचार भैरहेको निर्देशक नकर्मीले जानकारी दिए।

काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८, माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले आत्मदाहको प्रयास गरेकी हुन्।

प्रहरीका अनुसार श्रीमानसँग विवाद हुँदा श्रीमान्–श्रीमतीले सञ्चालन गरेको खाजा घर पछाडिको पार्किङमा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। श्रीमानले उनलाई फेला पारी आगो निभाएर उपचारका लागि शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु लगेका थिए।

गुरुङको अनुहार, छाती र दुवै हात जलेको प्रहरीले जनाएको छ। उनको सुरुमा शुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
210
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.