लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमितिको पदस्थापन

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमितिको पदस्थापन

51
SHARES

काठमाडौँ – लायन्स इन्टरनेसनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालअन्तर्गत डिस्ट्रिक्ट ३२५–आईमा आबद्ध लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमितिको पदस्थापन भएको छ।

लायन हरिप्रसाद तिवारीको अध्यक्षतामा चयन भएको नेतृत्वको पदस्थापन गरिएको हो। कार्यसमितिको प्रथम उपाध्यक्षमा मकान्त चापागाईँ, द्वितीय उपाध्यक्षमा विनोद खनाल, तृतीय उपाध्यक्षमा कल्पना शेर्पाचन, सचिवमा कृष्ण रानाभाट तथा कोषाध्यक्षमा पुरुषोत्तम अधिकारी छन्।

मङ्गलवार भएको पदस्थापन कार्यक्रममा वार्षिक कार्ययोजना र क्यालेन्डर समेत सार्वजनिक गरिएको छ। कार्यक्रममा अध्यक्ष हरि प्रसाद तिवारीले आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्दै सङ्गठन विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

क्लबले सदस्य अभिमुखीकरण, नेतृत्व विकास, सदस्य सम्मान, युवा तथा महिलाको सहभागिता वृद्धि, क्लबको विधान पारित तथा फन्ड म्यानेजमेन्ट पोलिसी लागू गर्ने योजना पनि सार्वजनिक गरेको छ। साथै, डिस्ट्रिक्ट भवन निर्माण अभियान, विभिन्न अन्तर्राष्ट्रिय लायन्स फाउन्डेसनमा योगदान वृद्धि तथा नेतृत्व विकाससम्बन्धी तालिममा सक्रिय सहभागिता जनाइने जानकारी दिएको छ।

सेवामूलक कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, भोकमरी न्यूनीकरण अभियान, बाल स्वास्थ्य तथा क्यान्सर सहयोग, जाडोमा न्यानो कपडा वितरण, दुर्गम क्षेत्रका सरकारी विद्यालयमा पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण, संयुक्त सेवा कार्यक्रम, क्लब ट्युनिङ, लायन क्वालिटी सर्भिस तथा फेलोसिप कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

क्लबले ‘लायन्स: खुसी बाँडौँ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, मानवीय सहायता, राहत वितरण तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस वर्षको सुरुवातसँगै क्लबले विभिन्न सामाजिक कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ।

असार १७ गते कीर्तिपुर नगरपालिका–४ भगवानस्थानमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो। त्यस्तै, आगलागीबाट प्रभावित तथा आर्थिक रूपमा कमजोर अवस्थाका बालक प्रयास काकीको उपचार र शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरिएको क्लबले जनाएको छ।

असार २० गते चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत २०० भन्दा बढी स्थानीयको आँखा तथा दाँत परीक्षण गरिएको थियो। शिविरमा आवश्यक स्वास्थ्य परामर्श, उपचार, चस्मा, दन्तमञ्जन तथा ब्रससमेत निःशुल्क वितरण गरिएको थियो।

समाचार शेयर गर्नुहोस्
51
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.