सङ्गीत रोयल्टी विवादमा सर्वोच्चको रोक, एफएम रेडियोलाई अन्तरिम राहत

सङ्गीत रोयल्टी विवादमा सर्वोच्चको रोक, एफएम रेडियोलाई अन्तरिम राहत

198
SHARES

काठमाडौँ – सर्वोच्च अदालतले सङ्गीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक सङ्घ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका सदस्य एफएम रेडियोका सञ्चालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यससम्बन्धी कुनै कानुनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक सङ्घ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि मङ्गलवार सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सामुदायिक रेडियो प्रसारक सङ्घ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका तर्फबाट अधिवक्ता रमेशप्रसाद जोशीलगायतका कानुन व्यवसायीहरूले बहस गरेपछि अदालतले यस्तो आदेश दिएको हो।

सङ्गीत रोयल्टी सङ्कलनका नाममा एफएम रेडियोहरूमाथि धरपकड गर्ने, रेडियोकर्मीविरुद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए।

यस आदेशसँगै अब सङ्गीत रोयल्टीका नाममा एफएम रेडियो, तिनका सञ्चालक, व्यवस्थापक तथा रेडियोकर्मीविरुद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानुनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ।

समाचार शेयर गर्नुहोस्
198
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.