काठमाडौँ – काठमाडौँ महानगरपालिका–१६ क्षेत्रपाटीमा अवैध रूपमा धातुका गरगहना तथा पत्थर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बिलबिजकबिनाका विभिन्न धातुका गरगहना तथा पत्थरसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आरजे१४एलसी५१७७ नम्बरको मारुती सुजुकी कम्पनीको गाडीभित्र बिलबिजकबिनाका विभिन्न धातुका गरगहना तथा पत्थर फेला पारेको हो।
प्रहरीका अनुसार उक्त सामानको अन्दाजी मूल्य आठ लाख रुपैयाँ बराबर रहेको छ। प्रहरीले उक्त गाडी चालक भारत, राजस्थान राज्य, जयपुर सहर, आदर्शनगर ९१ दिपकमार्ग वतन भएका वर्ष ५७ का शोकत अलीलाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका अलीलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीले बरामद गरेको सामानमा सेतो रङ्गको झुप्पासहित भएको माला पाँच थान, निलो आकाशे रङ्गको झुप्पासहित भएको माला चार थान, गोल्डेन रङ्गको झुप्पासहित भएको माला चार थान, धातु जस्तो देखिने वस्तुको माला १० थान, धातुको माछा जस्तो देखिने वस्तु १६० थान, धातुको कानमा लगाउने झुप्पा १६ थान, कानमा लगाउने झुम्का ५९ थान, स्टिलको धातु जस्तो देखिने औँठी १४५ थान, हरियो रङ्ग भएको माला नौ थान र कानमा लगाउने झुम्पा ११ थान रहेका छन्।
त्यस्तै, चाँदीको धातु जस्तो देखिने बाला नौ थान, धातुको झुम्का आठ थान, धातुको लकेट तीन थान, धातुको पाउजु दुई थान, पत्थर जडित लकेट ४२ थान, चाँदीको धातु जस्तो देखिने हातमा लगाउने लकेट एक थान, चाँदीको धातु जस्तो देखिने माला एक थान, विभिन्न आकारका धातुका औँठी छ थान, कानमा लगाउने टप र औँठी सेट पाँच थान, सेतो माला ५० थान, झुम्का ५३ थान र झुम्का ४८ थान रहेका छन्।
यसैगरी, झुम्का र औँठी सेट भएको १५ थान, हातमा लगाउने पत्थर जडित ब्रासलेट पाँच थान, पत्थर जडित माला दुई थान, धातुको पत्थर जडित काँटा तीन थान, विभिन्न साजका झुम्का २४ थान, विभिन्न साजका पत्थर १०० थान र विभिन्न साइजको रातो रङ्गको पत्थर २८५ थान बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले कालो रङ्गको पत्थरको माला पाँच थान, कालो रङ्गको पत्थर एक केजी ८५५ ग्राम, हरियो रङ्गको पत्थर तीन केजी ३४० ग्राम, विभिन्न साइजको सेतो रङ्गको पत्थर ४४५ ग्राम, विभिन्न साइजको रातो रङ्गको पत्थर ८४० ग्राम, मूर्तिमा सोको लागि टाँसिने हरियो रङ्गको दाल आकारको पत्थर एक केजी ६० ग्राम र गुच्चा आकार भएको गोलो सिसा जस्तो देखिने प्वालसमेत भएको एक केजी ४०० ग्राम पनि बरामद गरेको छ।
आरजे१४एलसी५१७७ नम्बरको मारुति सुजुकी कम्पनीको गाडी एक थानसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.