भोटेकोशी बाढी प्रभावित : अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण

भोटेकोशी बाढी प्रभावित : अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण

51
SHARES

काठमाडौँ – सरकारले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्था गर्ने भएको छ। त्यसका लागि सर्वेक्षण गरिरहेको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

सरकारले बाढीबाट प्रभावितहरूका लागि आपत्कालीन होल्डिङ सेन्टर सञ्चालन गरेको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण सुरु भइसकेको विभागले जनाएको छ।

विभागले मङ्गलवारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्याङ्कन फारम’ मार्फत सर्वेक्षण गरिरहेको छ।

यसबाट प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवङ्गत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्नेहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुनेछ।

हाललाई यस सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ। एक हप्ताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ। यस लगत्तै होल्डिङ सेन्टरभन्दा बाहिर रहेका प्रभावित परिवारहरूको पनि यही फारम प्रयोग गरी सर्वेक्षण गरिनेछ।

समाचार शेयर गर्नुहोस्
51
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.