मानसिक रोगमा होमियोप्याथिक उपचार सम्भव छ?

मानसिक रोगमा होमियोप्याथिक उपचार सम्भव छ?

आफूमा रमाउन सिक्ने, अरूको प्रगतिमा दुःखी होइन, खुसी हुन सिक्ने। आज नभएको पैसा भोलि हुनसक्छ, आज नभएको खुसी भोलि ल्याउन सकिन्छ भन्ने सकारात्मक सोचाइ राख्ने। त्यहीअनुसारका व्यवहार नै मानसिक रोगलाई आउन नदिने सबैभन्दा राम्रो उपाय हो।

59
SHARES

जीवहरूमध्ये बुद्धि, विवेक अनि ज्ञान भएको मानिसमा हरेक कुराको अनुभव गर्नसक्ने क्षमता प्रकृतिले दिएको हुन्छ। र, त्यसको सञ्चालन, नियमन र पालना गर्ने मस्तिष्क अर्थात् दिमाग हो।

हो, हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अङ्ग दिमाग अथवा मस्तिष्कले नै हाम्रो शरीरलाई चलाएको हुन्छ। राम्रो–नराम्रो, असल–खराब, बोली–वचन, माया, ममता, इच्छा, विचार, मन, बुद्धि, विवेक अनि निडरता जस्ता अनेकन् विषयको केन्द्र हो मस्तिष्क। यदि मस्तिष्क आफैँ कुनै समस्या या रोगले ग्रसित हुन थाल्यो र पहिलाको जस्तो सामान्य मानिसले गर्ने व्यवहार गर्न नसकेको अवस्था देखियो या महसुस भयो भने मानसिक रोगीको रूपमा व्याख्या गरिएको छ। अथवा बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदि जस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई मानसिक रोग भनिन्छ।

मानसिक रोगहरू धेरै प्रकारका हुन्छन्। हरेक खाले रोगका फरक–फरक लक्षणहरू हुन्छन्। यो रोग लागेपछि व्यक्तिको स्वभाव, बानी र व्यवहारमा परिवर्तन देखापर्न थाल्छ। उसले पहिले कहिल्यै नगरेका अनौठा क्रियाकलाप देखाउन थाल्छ। हामीले मान्दै आएका परम्परा, रीतिरिवाजसँग उसका नयाँ व्यवहार मेल खाँदैनन्। समाजका अरू मानिससँग राम्रो सम्बन्ध राख्न रोगीले सक्दैन।

नयाँ केही काम र सहयोग हुन छाड्छ। उसले आफैँलाई ‘मलाई के भइरहेको छ’ भनेर पनि निर्क्योल गर्न सक्दैन। यस्ता अनेकन् लक्षणहरूलाई आधुनिक चिकित्सा विज्ञानले केन्द्रीय स्नायु प्रणालीको खराबीबाट हुने मानसिक रोग भन्ने गरेको छ। यस्ता रोगीको संख्या संसारभरमा १५ प्रतिशत रहेको आँकडा छ। मानिस स्वस्थ रहन, मानवीय कार्यमा लागिरहन सर्वप्रथम मानसिक रूपमा, त्यसपछि शारीरिक रूपमा अनि सामाजिक रूपमा पनि स्वस्थ र प्रशंसनीय हुनुपर्दछ।

चाँडै गल्ने, काम गर्न मन नगर्ने। निद्रा कम लाग्ने या नलाग्ने। धेरै नबोल्ने, नयाँ कुरामा या पुरानै कुरामा पनि रुचि नराख्ने, खाना नरुच्ने। मनमा एउटै कुरा खेल्ने, भ्रम जस्तै कतैबाट अनौठो आवाज आएको महसुस हुने। कसैले बोलाएको या अनावश्यक डर आदि लक्षण लामो समय रहेमा र बेलैमा उपचार नभएमा बिरामी बिस्तारै डिप्रेसनतिर जान्छ।

विभिन्न प्रकारका मानसिक रोगका भिन्नाभिन्नै लक्षणहरू भए पनि केही साझा लक्षणहरू हुन्छन्। शारीरिक बिरामीहरूमा जस्तै मानसिक बिरामीहरूमा पाइने साझा लक्षणहरूमा काम गर्न मन नलाग्ने, सुतिरहन रुचाउने, कोही धेरै र ठूलो स्वरमा बोल्ने त कोही कम बोल्ने, चाँडो रिसाउने, खुसी हुन नसक्ने, खान खान, घुम्न जान नरुचाउने, साथीभाइसँग टाढा रहने, नुहाउन, सफासुग्घर रहन मन नपराउने, बोल्दा आँखामा आँखा जुधाएर बोल्न नसक्नु, हात काम्नु, अनावश्यक डराउन थाल्नु, निद्रा नलाग्नु, झोक्राएर बस्नु, एक्कासि डराउनु या बेहोस हुनु, विद्यार्थी भए पढाइ कमजोर हुँदै जानु, कर्मचारी भए एकाग्रता र काममा लगाव अनि डिलिङ पावरमा कमी आउनु, सधैँ मान्दै आएका या परम्पराभन्दा फरक कुरा गर्नु जस्ता केही लक्षण मानसिक रोगका हुन सक्छन्।

यसरी नै केही मानसिक रोगका लक्षणहरू भने प्रस्टसँग देख्न पाइन्छ। जस्तै, बिरामीले दैनिक गर्दै आएका काम गर्न छाड्नु या गरे पनि पूरा नगर्नु। काम उल्टो–सुल्टो गर्नु, झर्किनु या चाँडै रिसाउनु। अरूले भनेको नमान्नु या एकोहोरो बोलिरहनु। आफन्तले सम्झाउँदा या भन्दा पनि नपत्याउनु। आफ्नै भनाइ र कुरालाई मात्र सही मान्न थाल्नु, एक्लै बसेर बोलिरहनु या गालीगलौज गर्नु, अरूमाथि अनावश्यक शङ्का गर्नु या दोष देखाउनु, विभिन्न कुराहरूको भ्रममा पर्नु, हेर्दा ठिकै लागे पनि भित्र भने शङ्का, अनावश्यक व्यवहार अनि मान्यता राख्नु जस्ता लक्षणहरू प्रायः कडा खाले मानसिक रोग (साइकोसिस)का लक्षणहरू हुन्।

यस्ता रोगीले आफूलाई मानसिक रोग लागेको छ भन्ने थाहा पाउँदैन, कसैले भन्यो भने पनि विश्वास गर्दैन। अरूले थाहा पाएर जँचाउन लैजाँदा पनि विश्वास गर्दैन। औषधी खान पनि मान्दैन। यो भनेको निकै जटिल अवस्था हो।

सामान्य प्रकारको मानसिक रोग भएका मानिसमा यस्ता लक्षण देखिन्छन्। चाँडै गल्ने, काम गर्न मन नगर्ने। निद्रा कम लाग्ने या नलाग्ने। धेरै नबोल्ने, नयाँ कुरामा या पुरानै कुरामा पनि रुचि नराख्ने, खाना नरुच्ने। मनमा एउटै कुरा खेल्ने, भ्रम जस्तै कतैबाट अनौठो आवाज आएको महसुस हुने। कसैले बोलाएको या अनावश्यक डर आदि लक्षण लामो समय रहेमा र बेलैमा उपचार नभएमा बिरामी बिस्तारै डिप्रेसनतिर जान्छ। यस्तो अवस्थामा सबैभन्दा धेरै डर बिरामीले आत्महत्या गर्ने हुनसक्छ।

यस्तो प्रकारको मानसिक रोगमा घरपरिवारका सदस्य, आफन्त र छरछिमेकी अनि साथीभाइको ठूलो भूमिका रहनुपर्छ। बेलैमा सही उपचार पाएमा रोग निको हुन्छ। आजकल समाजमा यस्ता रोगी धेरै देखिएका र आत्महत्या गर्नेहरूको संख्या बढिरहेको छ। यसरी डिप्रेसनमा परेर आत्महत्या गर्नेहरू कि त युवायुवती, कि त प्रौढ बढी हुने गर्छन्।

खोरमा थुनेर राख्ने, उपचार नगराएका कारण बेहोसीमा लडेर चोटपटक लाग्ने, समाज या घरमा नै आफन्तबाट राम्रो व्यवहार नहुने, मोजा सुँघाउने, पोसिलो खानेकुरा नदिइने, समाजले गिज्याउने जस्ता मान्यता र व्यवहारले विश्वमा आज पनि धेरै बालबालिका, एकल महिला, कमजोर आर्थिक अवस्था भएका र शिक्षाको कमी भएका मानिसको विकराल अवस्था देख्न र सुन्न पाइन्छ।

एकपटक आफ्नो पढाइ, व्यापार–व्यवसायमा या प्रेममा असफलता मिल्नेबित्तिकै मानिस एकोहोरिन थाल्छ। बोलचालमा कमी आउन थाल्छ। अर्को पेसा अपनाउन चाहेन भने, नकारात्मक सोच धेरै आउन थाल्यो भने बेलैमा ध्यान दिनुपर्छ। यो बेला असल व्यवहार, सही उपचार र काउन्सिलिङको आवश्यकता हुन्छ। यसमा बिरामी स्वयंले आफूलाई काबुमा राख्न सक्दैन। यस्तो अवस्थामा परिवारका सदस्य र मानसिक चिकित्सकको आवश्यकता पर्दछ।

औषधी सुरु गरिसकेपछि पनि बिरामीको झनै निगरानी र साथ चाहिन्छ। औषधीले काम गर्न केही समय लाग्ने या धेरै निद्रा लाग्ने हुँदा रोगी निदाइरहने, झनै डराउने र आत्महत्या गर्न पनि सक्ने हुन्छ। त्यसैले पनि अरू केही समय साथ, सहयोग, हौसला अनि माया–ममताको आवश्यकता पर्दछ।

डिप्रेसनबाट बच्न अस्वस्थ जीवनशैली र मानसिक तनाव कम गर्न लाग्नुपर्छ। उसले यसो गर्‍यो, मेरो भएन भन्दा पनि ‘म सक्छु’ भन्नेतर्फ ध्यान लगाउनुपर्छ। समयमा सुत्ने, उठ्ने, खाने जस्ता कुरामा ठूलो महत्त्व हुन्छ। काममा हुने तनावलाई सामान्य रूपमा लिनुपर्छ। लगातार काम भए बीचमा फ्रेस हुने, घुम्न जाने गर्नुपर्छ। बजारको खाना, मद्यपान र अस्वास्थ्यकर खानपानबाट बच्नुपर्छ। जीवनशैली सक्रिय र सामाजिक बनाउनुपर्छ।

पछिल्लो अध्ययनअनुसार साइलोसाइबिन नामक तत्त्वले डिप्रेसन हुनबाट धेरै मात्रामा रोक्छ र भएकालाई पनि फाइदा गर्छ। यो तत्त्व केही मात्रामा च्याउमा पाइन्छ। सबै होइन, केही प्रजातिका च्याउमा मात्र यो तत्त्व पाइन्छ। त्यसैले च्याउ खानु स्वास्थ्यवर्धक मात्र नभएर डिप्रेसनसँग लड्न पनि सघाउँछ। यसरी नै ओखर, हाडे बदाम आदि फल हुन्, जसले डिप्रेसन हुनबाट बचाउँछ भने पौष्टिक तत्त्वले पूर्ण पनि हुन्छन्।

एक प्रकारको मानसिक रोगमै पर्छ अचानक बेहोस हुने या छारे रोगी। शरीर काम्ने अथवा अचानक धामीजस्तो काम्ने, बरबराउने, बेहोस भएर ढल्ने, मुख बाँधिने या र्‍याल काढ्ने, पटक–पटक बेहोस हुने जस्ता लक्षण देखिने गर्छ। यस्ता लक्षणहरूमा देवी–देवता रिसाएको, कथित बोक्सी लागेको या जङ्गली लागेको भन्ने मान्यता आज पनि समाजमा छ। यसका कारण मानसिक बिरामीले अनेक प्रकारका यातना पनि पाइरहेका छन्।

जस्तै, खोरमा थुनेर राख्ने, उपचार नगराएका कारण बेहोसीमा लडेर चोटपटक लाग्ने, समाज या घरमा नै आफन्तबाट राम्रो व्यवहार नहुने, मोजा सुँघाउने, पोसिलो खानेकुरा नदिइने, समाजले गिज्याउने जस्ता मान्यता र व्यवहारले विश्वमा आज पनि धेरै बालबालिका, एकल महिला, कमजोर आर्थिक अवस्था भएका र शिक्षाको कमी भएका मानिसको विकराल अवस्था देख्न र सुन्न पाइन्छ। यस्ता खाले मानसिक रोगीको उपचार गराएमा सहज जीवन जिउन सक्छन्।

एन्जाइटी डिसअर्डर अर्को मानसिक समस्या हो। यस्ता बिरामीलाई अनावश्यक डर लाग्ने, तर्सिने, विनाकारण झसङ्ग हुने, सास फेर्न गाह्रो हुने, पसिना आउने हुन्छ। यसरी नै निद्रा नलाग्ने, छटपटी हुने, कामको बेलामा विभिन्न खालका डर महसुस हुने हुन्छ। यस्ता विभिन्न लक्षणहरू देखिएमा बिरामीलाई उचित उपचार गर्नुपर्छ। उपचारपछि यी लक्षणहरू हराएर जान्छन्।

यसरी नै मानसिक सन्तुलन गुमाएका मानसिक बिरामीहरू ठूलो स्वरमा बोल्ने, अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शङ्का गर्ने र घमन्डी देखिने हुन्छन्। कानमा कुनै किसिमको आवाज सुन्नु, जो निरर्थक हुन्छ। यस्ता या यति लक्षण हुँदा पनि बिरामीले ‘म मानसिक बिरामी छु’ भन्ने नपत्याउने अवस्था मानसिक सन्तुलन गुमाएको कडा खाले रोगको अवस्था हो।

आफूमा रमाउन सिक्ने, अरूको प्रगतिमा दुःखी होइन, खुसी हुन सिक्ने। आज नभएको पैसा भोलि हुनसक्छ, आज नभएको खुसी भोलि ल्याउन सकिन्छ भन्ने सकारात्मक सोचाइ राख्ने। त्यहीअनुसारका व्यवहार नै मानसिक रोगलाई आउन नदिने सबैभन्दा राम्रो उपाय हो।

समाजका केही मानिसमा अनावश्यक रूपमा चिन्ता लिने र डराउने हुन्छ। यस्ता समस्याका कारण रातमा निद्रा नलाग्ने या निद्रा नलागेपछि धेरै सपना देख्ने, सपना डराउने प्रकृतिका देख्ने, सधैँ रोगी भएको महसुस गर्ने, एकपछि अर्को अस्पताल र डाक्टर फेरिरहने, कसैका कुरामा पनि विश्वास नगर्ने प्रकारका रोगलाई न्युरोसिस भनिन्छ। यस्ता बिरामीलाई मनबाट ‘बिरामी छु’ भनेर हटाउन धेरै कठिन हुन्छ। यसमा औषधीभन्दा पनि काउन्सिलिङको आवश्यकता पर्छ। बिरामीमा उत्साह र प्रेरणाको आवश्यकता पर्छ।

यसैसँग जोडिएको रोग हो बेहोसीपना या बेहोस भएजस्तो गरेर सुत्नु, बेहोसीमा बोल्नु, कराउनु, दाँत किट्नु, हातखुट्टा कडा पार्नु, जिब्रो या ओठ टोकिनु जस्ता लक्षण देखिए पनि ठिक भएको अवस्थामा सामान्य हुने गर्छन्। यस्तो समस्या भने कमजोर मन भएका, अर्काको सहारामा बाँचेका या निर्भर रहनेमा हुन्छ। अनि अपरिपक्व मन भएका तर उनीहरूको चाहना भने आफ्नो प्रशंसा होस् भन्ने रहन्छ।

मानसिक रोग र रोगी भनेको धेरैजसो हामी आफैँले उत्पन्न गरेको या गराइएको समस्या हो। वंशाणुगत गुण, पारिवारिक वातावरण, कलह, अचानक नसोचेको पीडा या डर आदि कारण हुन्। यस्ता समस्याहरूले बिरामीमा मात्र नभएर परिवार र समाजलाई नै असर गरिरहेको हुन्छ। नराम्रो प्रभाव या नकारात्मक भावनाको विकास गराइरहेको हुन्छ।

धेरैजसो मानसिक समस्या परिवारको माया, बिरामीलाई हेर्ने दृष्टिकोण अनि काउन्सिलिङबाट नै राम्रो गर्न या बनाउन सकिन्छ। बिरामी व्यक्तिको चाहना, उसको डर, भावना र आवश्यकतालाई बुझ्नुपर्छ। एकोहोरो दबाब र अभद्र व्यवहारका कारण पनि धेरै मानिसहरू मानसिक समस्या र डिप्रेसनका सिकार भएका हामीले गाउँघरमा देखिरहेका छौँ।

परिवारको अनावश्यक माग, आधुनिकताका नाममा फजुल खर्च अनि देखावटीमा धेरै पैसा खर्च गर्ने, लागूपदार्थ सेवन, वैदेशिक रोजगारीका कारण परिवारमा आएको अविश्वास, पढाइमा अब्बल हुन नसक्दा परिवारको दबाब जस्ता धेरै कारणबाट आजकल मानसिक रोगी बढ्दै गएको पाइएको छ। यसमा कतिले त आत्महत्या नै गरेको देख्न र सुन्न पाइन्छ।

यसको निराकरणका लागि हरेकले आ–आफ्नो ठाउँबाट पहिला आफूलाई हेर्ने, आफ्नो काम र परिवारप्रति के भइरहेको छ, कसबाट कस्तो व्यवहार भइरहेको छ, केटाकेटीको चाहना र आवश्यकता के हो र आवश्यकता, रहर अनि विलासितामा ध्यान दिनुपर्छ।

आजकलका केटाकेटीको चाहना र आवश्यकता पुरानो पुस्ताको भन्दा फरक छ। छोराछोरीलाई आमाबाबु या आफन्तले समयअनुसारको व्यवहार र आवश्यक कुराको पूर्ति गर्ने। अनावश्यक कुरा या चाहना बुझाएर, सम्झाएर निरुत्साहित गर्नुपर्छ। आफ्ना सन्तान या भाइबहिनीसँग साथीको जस्तो व्यवहार गर्नु राम्रो हुन्छ।

आफूमा रमाउन सिक्ने, अरूको प्रगतिमा दुःखी होइन, खुसी हुन सिक्ने। आज नभएको पैसा भोलि हुनसक्छ, आज नभएको खुसी भोलि ल्याउन सकिन्छ भन्ने सकारात्मक सोचाइ राख्ने। त्यहीअनुसारका व्यवहार नै मानसिक रोगलाई आउन नदिने सबैभन्दा राम्रो उपाय हो।

अर्कोतर्फ, समयानुकूल शारीरिक र बौद्धिक विकास हुन नपाएका केटाकेटीको बुद्धिको विकास ढिलो हुन्छ। र, यस्ता बच्चाबच्चीको बोली ढिलो फुट्छ, हिँड्न पनि ढिला हुन्छ। उनीहरूको भाषामा पनि कमै विकास भएको हुन्छ। यस्ता बालबालिकाले आफ्ना उमेरका साथीसँग प्रतिस्पर्धा गर्न सक्तैनन्। यस्ता बालबालिकालाई अरू सामान्यलाई भन्दा धेरै माया र रेखदेख चाहिन्छ। कमी–कमजोरी देखिने बित्तिकैदेखि उपचार र डाक्टरको सल्लाहबमोजिमको औषधी र मनोवैज्ञानिक उपचारको पनि आवश्यकता पर्छ।

हाम्रो जस्तो अविकसित देशमा यस्ता बालबालिकाले धेरै कष्ट सहिरहेका हुन्छन्। आज पनि कति आमाबुबाले नचाहेर पनि घरमा थुनेर या डोरीले बाँधेर या खोरमा राखेर आफ्नो रोजगारीमा जानुपर्ने बाध्यता रहेको छ। यस्ता रोग या समस्या भने गर्भावस्था या जन्मेपछिको अवधिमा लाग्ने रोग र खराबीले हुने गर्छ। यस्तो अवस्थालाई सुस्तमनस्थिति भनिन्छ। यो रोगभन्दा पनि अरू नै रोगको असर भएकाले उपचारसँगै रोकथाममा पनि ध्यान दिनुपर्छ।

यसरी नै हाम्रो समाजमा नशालु पदार्थ जस्तै रक्सी, भाङ, धतुरो अनि औषधीजन्य पदार्थ र अखाद्य वस्तु सेवन गर्ने कुलतले केवल उनीहरूको मात्र नभएर परिवार र समाजलाई नै असर गरिरहेको हुन्छ। यस्ता मानिसहरूलाई लागूपदार्थ सेवनबाट हुने असर र घरपरिवारमा पर्ने सम्भावित घटनाको पनि ख्याल गर्नुपर्ने हुन्छ। घरमा सधैँजसो भइरहने झैझगडा, शारीरिक र मानसिक पीडाका कारण घरका अन्य सदस्यलाई पनि मानसिक समस्या देखापर्न सक्छ। यस्तो अवस्थामा विभिन्न प्रकारले उपचार र काउन्सिलिङ गर्नुपर्ने देखिन्छ।

यसरी नै हीनभावना भएका र अर्काको प्रगतिमा अनावश्यक सोच र क्रियाकलापका कारण पनि मानसिक समस्या आउन सक्छ। यस्तै गर्भवती महिलाले बच्चा जन्माइसकेपछि या बच्चा पेटमा हुँदा देखि नै मानसिक समस्या बेहोर्नुपर्ने र आइलाग्ने हुनसक्छ। धेरै महिलाहरू पीडित भएको गाउँघरमा देख्ने गरिन्छ। यसमा सबैभन्दा धेरै छोरी जन्मिएका कारण महिलालाई दिइने शारीरिक र मानसिक यातना जस्ता समस्याको पनि बेलैमा उपचार र काउन्सिलिङको आवश्यकता पर्दछ।

कहिलेकाहीँ बच्चा जन्मिएपछि आमालाई एक प्रकारको मानसिक समस्या देखापर्छ। जस्तै, बच्चाको राम्रो हेरचाह नगर्ने, स्तन चुसाउन नचाहने, बच्चालाई माया नगर्ने, खान पनि राम्रोसँग नखाने, निद्रा नलाग्ने, कम बोल्ने या चाँडै रिसाउने, अनावश्यक डराउने या आफ्नो बच्चा कसैले लगिदिन्छ भन्ने जस्ता लक्षण पनि मानसिक समस्या हुन्। यस्ता लक्षण देखिएमा तुरुन्तै उपचार गराएमा ठिक हुन्छ।

मानसिक रोग र रोगी भनेको धेरैजसो हामी आफैँले उत्पन्न गरेको या गराइएको समस्या हो। वंशाणुगत गुण, पारिवारिक वातावरण, कलह, अचानक नसोचेको पीडा या डर आदि कारण हुन्। यस्ता समस्याहरूले बिरामीमा मात्र नभएर परिवार र समाजलाई नै असर गरिरहेको हुन्छ। नराम्रो प्रभाव या नकारात्मक भावनाको विकास गराइरहेको हुन्छ।

धेरैजसो मानसिक समस्या परिवारको माया, बिरामीलाई हेर्ने दृष्टिकोण अनि काउन्सिलिङबाट नै राम्रो गर्न या बनाउन सकिन्छ। बिरामी व्यक्तिको चाहना, उसको डर, भावना र आवश्यकतालाई बुझ्नुपर्छ। एकोहोरो दबाब र अभद्र व्यवहारका कारण पनि धेरै मानिसहरू मानसिक समस्या र डिप्रेसनका सिकार भएका हामीले गाउँघरमा देखिरहेका छौँ।

परिवारको अनावश्यक माग, आधुनिकताका नाममा फजुल खर्च अनि देखावटीमा धेरै पैसा खर्च गर्ने, लागूपदार्थ सेवन, वैदेशिक रोजगारीका कारण परिवारमा आएको अविश्वास, पढाइमा अब्बल हुन नसक्दा परिवारको दबाब जस्ता धेरै कारणबाट आजकल मानसिक रोगी बढ्दै गएको पाइएको छ। यसमा कतिले त आत्महत्या नै गरेको देख्न र सुन्न पाइन्छ।

यसको निराकरणका लागि हरेकले आ–आफ्नो ठाउँबाट पहिला आफूलाई हेर्ने, आफ्नो काम र परिवारप्रति के भइरहेको छ, कसबाट कस्तो व्यवहार भइरहेको छ, केटाकेटीको चाहना र आवश्यकता के हो र आवश्यकता, रहर अनि विलासितामा ध्यान दिनुपर्छ। आजकलका केटाकेटीको चाहना र आवश्यकता पुरानो पुस्ताको भन्दा फरक छ। छोराछोरीलाई आमाबाबु या आफन्तले समयअनुसारको व्यवहार र आवश्यक कुराको पूर्ति गर्ने। अनावश्यक कुरा या चाहनालाई बुझाएर, सम्झाएर निरुत्साहित गर्नुपर्छ।

आफ्ना सन्तान या भाइबहिनीसँग साथीको जस्तो व्यवहार गर्नु राम्रो हुन्छ। आफूमा रमाउन सिक्ने, अरूको प्रगतिमा दुःखी होइन, खुसी हुन सिक्ने। आज नभएको पैसा भोलि हुनसक्छ, आज नभएको खुसी भोलि ल्याउन सकिन्छ भन्ने सकारात्मक सोचाइ राख्ने। त्यहीअनुसारका व्यवहार नै मानसिक रोगलाई आउन नदिने सबैभन्दा राम्रो उपाय हो।

मानसिक रोग विशेष गरेर रोगीका लक्षण, उसका स्वभाव र व्यवहारबाट थाहा पाउन सकिन्छ। होमियोप्याथिक उपचार पद्धतिमा लक्षण, स्वभाव र चिह्नको धेरै महत्त्व हुन्छ। अर्थात् होमियोप्याथिक उपचार भनेकै मुख्य गरेर लक्षण र चिह्नका आधारमा गरिने उपचार भएका कारण बिरामीलाई अनेक प्रकारका परीक्षण गर्नु पूर्व नै औषधी सुरु गर्न र राहत दिन सकिन्छ। आवश्यक लागेमा केही परीक्षणहरू गराउन सकिन्छ, जस्तै ईईजी, सिटी स्क्यान आदि।

होमियोप्याथिक उपचारमा मुख्य कुरा भनेको रोग हुने कारण जस्तै अचानक परेको दुःख, परिवारका सदस्य गुमाउनु पर्दाको असर, कसैबाट अपहेलित या अपमान सहनु परेको अवस्था, धनसम्पत्तिको क्षय, अचानक डराएको कारण आएको समस्या, निद्रामा डराउने समस्या, परीक्षामा फेल भएका कारण सुरु भएको भए जस्ता अनेक कारणलाई औषधी चयनको आधार बनाइन्छ।

यसमा बिरामीको स्वभाव, भावना, सपना, खानेकुराको इच्छा, पारिवारिक रोग जस्ता अनेकन् कुराको सिमिलारिटीमा औषधी दिइने हुँदा रोगीलाई कुनै प्रकारको कुप्रभाव नहुने र चाँडै रोगी निको हुने भएकाले होमियोप्याथिक उपचार मानसिक रोगीका लागि पनि उत्तिकै महत्वको भएको पाइएको छ।

जस्तै, अचानक डराएका कारण समस्या देखिएमा पहिलो औषधी एकोनाइट हो। क्रमशः अरू लक्षण देखिएमा लक्षणअनुसार अन्य औषधी दिइन्छ। आफूले धेरै भन्न चाहेको तर अचानक बिर्सिएमा या बिर्सिने समस्या देखिएमा एनाकार्डियम। धारिलो वस्तुदेखि डराउने भएमा एलुमिना। मानसिक छटपटी बढी देखिएमा, डराएमा, मृत्यु भय र अत्यन्तै कमजोरी देखिएमा आर्सेनिकम एल्बम।

आफ्ना हातखुट्टा काठका बनिएका र हिँड्दा भाँचिने भान भएमा या पेटमा बच्चाको टाउकोजस्तो भान भएमा थुजा। फिक्स माइन्ड भएमा अथवा एउटै कुराको डर भएमा या त्यही कुरा आइरहेमा साइलेसिया। परिवारका सदस्यसँग विश्वास घट्दै गएमा या उनीहरूले आफ्नो हेरचाह गर्दैनन् भन्ने कुरा बारम्बार आएमा सिपिया।

एकोहोरो ठूलो स्वरमा डाकिरहेमा र कमजोरी बढेर गएमा अर्जेन्टम नाइट्रिकम। निद्राको कमी भएमा र ज्यादै रिसाउन थालेमा नक्स भोमिका। मानिस एकोहोरिन थालेमा, कम बोल्ने गरेमा, एक्लिने गरेमा र रुने धेरै गरेमा नेट्रम म्युर।

यसरी अनेक मानसिक लक्षणका आधारमा होमियोप्याथिक उपचार गरिने हुँदा बिना कुप्रभाव र बिना ठूलो खर्च उपचार सम्भव हुन्छ। त्यसैले नेपाल सरकारले पनि यो चिकित्सालाई सरकारी स्तरमै हरेक स्थानमा स्वास्थ्य सेवा उपलब्ध गराउन सके आम नागरिकले राहत पाउने छन्।

रीता होमियो क्लिनिक सेन्टर,

दमक, झापा

समाचार शेयर गर्नुहोस्
59
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.