हिम्मत गर्नेको कहिल्यै हार हुँदैन

सरकार समलिंगी तेस्रोलिंगीलाई अपराधीकरण गराउने षडयन्त्रमा लागेको छ समलिंगी तेस्रोलिंगीले भने, संहिता संसोधन नगरेर हामी चुप लागेर बस्दैनौ । विस्तृत पढ्नुहोस

देवानी तथा फौजदारी संहिता संसोधनका लागि समलिंगी तेस्रोलिंगीले छलफल चलाउने

विश्वमा कुल जनसंख्याको ८ देखि १० प्रतिशत यौनिक तथा लैगिंक अल्पसख्यक समलिंगी तेस्रोलिंगी व्यक्ति जन्मने गरेको प्रमाणित तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । विस्तृत पढ्नुहोस

१० बुँदे पोखरा घोषणपत्र जारी गर्दै राष्ट्रिय परामर्श भेला सम्पन्न

देशभरका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको दुई दिने राष्ट्रिय परामर्श भेलाले परराष्ट्र मन्त्रालयले एक्स उल्लेख गरेर राहदानी वितरणका लागि शुरु गरेको प्रक्रिया छिटो भन्दा छिटो कार्यान्वयन गर्न माग गरेको छ । देशभरका झण्डै २ सय जना समलिंगी तेस्रोलिंगी सहभागी भेलाले शिक्षा, स्वास्थ्य र रोजगारमा समान पहुँचको माग पनि गरेको छ । विस्तृत पढ्नुहोस

 

देवानी तथा फौजदारी संहिता संसोधनका लागि समलिंगी तेस्रोलिंगीले छलफल चलाउने 

???????????????????????????????काठमाडौं (पहिचान) भदौ १६ -नेपाली काँग्रेस, नेकपा एमाले र मधेश समता पार्टीले समलिंगी तेस्रोलिंगीलाई अपराधीकरण बनाउने गरी संसदमा दर्ता हुने विधेयक पारित हुन नदिने प्रतिवद्धता जनाएका छन् । काँग्रेसका राजिवविक्रम शाह, एमालेका कृष्णप्रसाद पौडेल र मधेश समता पार्टीका मेघराज दुसादले समलिंगी तेस्रोलिंगीलाई अपराधीकरण बनाउने गरी संसदमा दर्ता हुने कुनै पनि विधेयक पारित हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

१० बुँदे पोखरा घोषणापत्र जारी गर्दै राष्ट्रिय परामर्श भेला सम्पन्न

???????????????????????????????पोखरा (पहिचान) भदौ १२ – देशभरका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजको आयोजना एवं ग्लोवल फण्ड अन्तर्गत एमएसए फेज दुई क्षेत्रिय एचआइभी कार्यक्रमको सहयोगमा भएको दुई दिने राष्ट्रिय परामर्स भेला सकिएको छ । १० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सकिएको भेलाले देवानी तथा फौजदारी संहितामा रहेको विभेदकारी व्यवस्था संसोधन गर्न माग गरेको छ । भेलाले जारी गरेको घोषणापत्रमा संविधानसभामा दलहरुको सिफारिसमा मन्त्रीपरिषद्ले मनोनित गर्न बाँकी २६ जनामा अनिवार्य समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।

हिम्मत गर्नेको कहिल्यै हार हुँदैन

???????????????????????????????पोखरा (पहिचान) भदौ ११- देशभरका समलिंगी तेस्रोलिंगीहरुले देवानी तथा फौजदारी संहितामा रहेको विभेदकारी व्यवस्था संसोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले कास्कीको पोखरामा गरेको दुई दिने राष्ट्रिय परामर्स भेलामा सहभागीहरुले विभेदकारी व्यवस्था संसोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन् । देशभरबाट सहभागी झण्डै २ सय समलिंगी तेस्रोलिगीले सर्वोच्च अदालतको फैसला विपरित देवानी तथा फौजदारी संहिता संसदमा दर्ता गराउन खोज्नु अदालतकै अपहेलना हुने बताए ।

समलिंगी तेस्रोलिंगी महिला माथि हुने विभेद अन्त्य गर्न माग

Sammelanबिष्णु अधिकारी /ललितपुर भदौ ८ -बेइजिङ प्लस २० राष्ट्रिय महिला सम्मेलनले समलिंगी तेस्रोलिंगी महिला माथि हुने विभेद अन्त्य गर्न माग गरेको छ । सम्मेलनले २० बुँदे घोषणापत्र जारी गर्दै समलिंगी तेस्रोलिंगी महिला माथि हुने विभेद अन्त्य गर्न माग गरेको हो । घोषणापत्रको परिभाषामा समलिंगी र तेस्रोलिंगी महिलानै उल्लेख गरिएको छ । घोषणापत्रको बुँदा नम्वर १५ मा यौनिक अभिमुखीकरण र लैगिंक पहिचानका आधारमा गरिने विभेदपूर्ण व्यवहार माथि रोक लगाउन माग गरिएको छ ।

समलिंगी तेस्रोलिंगीको गाइजात्रा महोत्सव, अधिकार विहिन नबनाउन माग

???????????????????????????????काठमाडौं (पहिचान) साउन २६- हरेक बर्ष जस्तै यो बर्ष पनि यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायका सदस्यले भव्यताका साथ गाईजात्रा महोत्सव मनाएका छन् । आफ्नो इच्छा चाहना र पहिचान अनुसारको भेषभुषामा खुल्न पाइने अवसरको रुपमा लिदै समलिंगी तेस्रोलिंगीले गाईजात्रा महोत्सव मनाउँदै आएका छन् । देशभरबाट काठमाडौंमा भेला भएका समलिंगी तेस्रोलिंगीले बाजागाजाका साथ विभिन्न सास्कृतिक झाँकी सहित गाइजात्रा महोत्सव मनाएका हुन् । काठमाडौंको ठमेलबाट शुरु भएको झाँकी सहितको र्याली बसन्तपुरमा पुगेर समापन भएको थियो ।

मैत्रीपूर्ण म्याराथनमा समलिंगी तेस्रोलिंगी युवाको सहभागिता

IMG_20140811_083210030काठमाडौं (पहिचान) साउन २६ – अन्तराष्ट्रिय युवा दिवसका अवसरमा भएको मैत्रीपूर्ण म्याराथनमा समलिंगी तेस्रोलिंगी युवाले सहभागिता जनाएका छन् । विभिन्न युवा संगठनले युवा दिवसका अवसरमा आयोजना गरेको मैत्रीपूर्ण म्याराथन प्रतियोगितामा समलिंगी तेस्रोलिंगी युवाले सहभागिता जनाएका हुन् । प्रतियोगितामा यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी मञ्च सह आयोजक थियो ।

देशभरका समलिंगी तेस्रोलिंगी गाइजात्रा महोत्सवका लागि काठमाडौंमा

???????????????????????????????काठमाडौं (पहिचान) साउन २५ नील हिरा समाजले मेरो देश, मेरो संविधान, मेरो अधिकार, मेरो पहिचान ः मेरो गौरव भन्ने नाराका साथ भोली सोमवार गाईजात्रा महोत्सव हुँदैछ । गाईजात्रा महोत्सवमा सहभागी हुन देशभरका समलिंगी तेस्रोलिंगी काठमाडौं आइसकेका छन् । समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले गाईजात्रा महोत्सवको तयारी पूरा भएको र देशभरबाट झण्डै ६ सय जना समलिंगी तेस्रोलिंगी गाईजात्रा महोत्सवमा सहभागी हुन काठमाडौं आइसकेको जनाएको छ । समलिंगी तेस्रोलिंगी भएकोमा आफूले आफैलाई गर्व गर्छौ भन्ने सन्देश दिदै समाजले हरेक बर्ष गाईजात्रा महोत्सव मनाउँदै आएको समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन ।

युवा दिवसका अवसरमा हुने म्याराथनमा २ सय समलिंगी तेस्रोलिंगीले सहभागिता जनाउने

yubaकाठमाडौं (पहिचान) साउन २१ -युवा तथा खेलकुद मन्त्रालयले युवा दिवसका अवसरमा आयोजना गर्न लागेको मैत्रीपूर्ण म्याराथन प्रतियोगिताका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी मञ्च सह आयोजक बनेको छ । युवा महासंघ, युवा संजाल सहित १० दलका युवा संगठनलाई सह आयोजक बनाइएको प्रतियोगिताका लागि मञ्च पनि सह आयोजक बनेको हो । अन्तराष्ट्रिय युवा दिवस अगष्ट १२ तारिखमा मनाइने भए पनि मन्त्रालयले एक दिन अगावै म्याराथनको आयोजना गर्न लागेको छ । 

Nepal drafts new laws to recriminalize gay sex, stall same-sex marriage recognition

The UNDP, which is known to be a supporter of LGBT rights worldwide, had provided funding for the original two committees that drafted the codes but did not monitor their outcome, Sunil Pant, Nepal’s first openly gay politician, tells Gay Star News .

विभेदकारी व्यवस्था राखेर देवानी तथा फौजदारी संहिता संसदमा पेश गर्नु अदालतकै अपहेलना

Dal h

विष्णु अधिकारी /काठमाडौं (पहिचान) साउन १६ -समलिंगी तेस्रोलिंगीले देवानी तथा फौजादारी संहितामा रहेका विभेदकारी व्यवस्था खारेज या संसोधन गर्न सरकार र दलहरु केन्द्रीत दवाव दिएका छन् । उनीहरुले कानुन मन्त्री र संविधानसभामा प्रतिनिधित्व गरेका दलका कार्यालयमा देवानी तथा फौजदारी संहिता संसोधन या खारेज गर्न दवाव दिएका हुन् । समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले कानुनमन्त्री नरहरी आचार्य सहित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई भेटेर विभेदकारी व्यवस्था खारजे गर्न माग गरे ।