५ हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

५ हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

705
SHARES

काठमाडौँ : लक्ष्य हाम्रो शिक्षित बालबालिका भन्ने नाराका साथ नेपाल मानव धर्म सेवा समितिले राष्ट्रव्यापी शिक्षा अभियान वितरण कार्यक्रम सम्पन्न गरेको छ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सुरु गरिएको अभियान अन्तर्गत समितिले देशका विभिन्न स्थानमा ५ हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

समितिले ४६ विद्यालयका आर्थिक विपन्नता भएका देशभरका ५ हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।

शिक्षाको घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइँजीले बताइन।

सहरी क्षेत्रमा रहेका विद्यार्थीहरूबाट शैक्षिक सामग्री सङ्कलन गरी दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरूलाई वितरण गरिएको समितिका केन्द्रीय सङ्गठन उप सचिव सन्तोष पराजुली बताउँछन्।

उनका अनुसार सहरमा भएका बालबालिकाहरूले शैक्षिक सामग्रीको अभावमा पढाई छोड्नुपर्ने बाध्यता छैन। तर दुर्गम क्षेत्रका कतिपय बालबालिकाहरू शैक्षिक सामग्री अभावकै कारण पढाई छोड्न बाध्य छन्। चाहे अनुसार आफ्नो पढाइलाई अगाडि बढाउन सकिरहेका छैनन्। यही अभाव पूरा गर्न समितिले शैक्षिक सामग्री वितरण गरिरहेको हो।

उनीहरूको पढाइलाई थोरै भए पनि सहयोग गर्नका साथै उनीहरूको पढाइमा सहयोगी हातहरूको कमी छैन भन्ने सन्देश दिन बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको पनि समिति‌ अन्तर्गत रहेको युवा सङ्गठनका राष्ट्रिय संयोजक राजीव पौडेलले बताए।

समितिले सन् २०१४ देखि नियमित रूपमा विभिन्न अवसर पारेर बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
705
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.