प्रेस काउन्सिलद्वारा सगरमाथा टेलिभिजनको ध्यानाकर्षण

प्रेस काउन्सिलद्वारा सगरमाथा टेलिभिजनको ध्यानाकर्षण

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० प्रेस काउन्सिल नेपालले सगरमाथा टेलिभिजनले निलहिरा समाज सम्बन्धी गतल समाचारको बारम्बार प्रसारण गरेको र तद समाचारको खण्डनका लागि लिखित निवेदन दिँदा पनि कुने सुनुवाई नभएको भन्दै सो टेलिभिजनको ध्यानाकर्षण गराएको छ ।

उक्त समाचार सम्बन्धी बास्तविकता बुझ्न प्रेस काउन्सिल नेपाल अन्तर्गतको आचारसंहिता अनुगमन तथा संवाद उपसमितिको बैठकले पठाएको पहिलो पत्रको सम्बोधन नभएपछि प्रेस काउन्सिलले आज एक विज्ञप्ति जारी गरी पुनः ध्यानाकर्षण गराइएको हो ।

समितिको गत असोज २१ गतेको बैठकबाट पठाएको पहिलो पत्र अनुरुप पत्र प्राप्त भएको पाँच दिनभित्र खण्डन प्रशारणसहित जानकारी पठाउन आग्रह गरेपनि सगरमाथा टेलिभिजनले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

तथ्यहीन, भ्रामक समाचार एकतर्फी रुपमा प्रसारण गरेको भनी तीन महिनाअघि समाजका अध्यक्ष संजिव गुरुङ् (पिङ्क) ले गत भदौ पाँच गते प्रेस काउन्सिलमा उजुरी दिएको तथा उक्त समाचार सम्बन्धी प्रेस काउन्सिलको तर्फ बाट पनि टेलिभिजनबाट यसबारे के कसो हो भनी बास्तबिकता बुझ्न पत्राचार गरिदा पनि हलसम्म जवाफ नआएको प्रेस काउन्सिलले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.