रिक्त न्यायाधीश एक महिना भित्र पदपूर्ति हुने

रिक्त न्यायाधीश एक महिना भित्र पदपूर्ति हुने

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० – पुनराबेदन र जिल्ला अदालतमा रिक्त न्यायाधीशको एक महिना भित्र पदपूर्ति हुने भएको छ । न्याय परिषदले माग गरेको आबेदन माथी छानबिनको प्रकृया शुरु भएको र एक महिना भित्र नियुक्तिको प्रकृया पुरा हुने न्यायपरिषदका सचिब जीबनहरि अधिकारीले जानकारी दिनुभयो ।

परिषदको सोमबार बसेको बैठकले न्यायाधीशका लागि आबेदन गरेका सबैको नामावली सार्बजनिक गर्ने निर्णय गरेको छ । आबेदन गरेकाहरु बिरुद्ध कुनै गुनासो भए उजुरी गर्न एक हप्ताको समय दिईने अधिकारीले बताउनुभयो ।

मुख्य न्यायाधीश र न्यायाधीशका लागि सबैधानिक ब्यबस्था अनुसार स्वत उमेद्वार हुने ७७ जना र आबेदन दिने ७ सय ७५ गरी ८ सय ५२ जनाको नामावली सार्बजनिक गरिनेछ

अहिले पुनराबेदन अदालतमा २९ र जिल्ला अदालतमा ४१ जना न्यायाधीशको पद खाली छ । यसैगरी न्यायपरिषदले उत्कृष्ट न्यायाधीश छान्न सिफारिस समिती गठन गरेको छ ।

न्यायपरिषद दिवसका अबसरमा बितरण गरिने उत्कृष्ट न्यायाधीश पुरस्कार पाउने न्यायाधीश छनोट गर्न सर्बोच्च अदालतका न्यायाधीश दामोदर प्रसाद शर्माको संयोजकत्वमा खेमनारायण ढुंगाना र उपेन्द्र केसरी न्यौपाने सदस्य तथा जीवनहरि अधिकारी सदस्य सचिब रहेको समिति गठन गरिएको हो ।

समितीले न्यायाधीश र जिल्ला न्यायाधीशबाट उत्कृष्ट न्यायाधीश छनोट गर्नेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading