पत्रकार धम्क्याउनेलाई कारवाही गर्न माग

पत्रकार धम्क्याउनेलाई कारवाही गर्न माग

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० – नेपाल पत्रकार महासंघले पत्रकारको सूचना संप्रेषण र संकलन गर्ने संवैधानिक अधिकारमाथि प्रहार नगर्न सबैलाई आग्रह गरेको छ । महासंघले विज्ञप्ती निकालेर समाचारको विषयमा चित्त नवुझे कानुनी तथा विधिसम्वत उपचार खोज्न सकिने प्रक्रिया रहेको स्मरण गराउँदै समाचार लेखैकै भरमा धम्की दिने काम नगर्न र धम्की दिनेलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

पत्रकार महासंघ गोरखा शाखाका सहसचिव रमेश विष्टलाई समाचार लेखेकै भरमा अज्ञात व्यक्तिले ज्यानमार्ने धम्की दिएको घटनाप्रति महासंघले धम्काउने व्यक्तिको खोजी गरी कार्बाहि गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा अस्ति मोबाईल नम्बर ९८५६० ३४ ५०४ बाट विष्टलाई धम्की आएको उल्लेख गरिएको छ ।

पत्रकारलाई सचेत बनाउन गुनासो तथा उजुरी पेटिका

नेपाल पत्रकार महासंघ चितवनले संचारकर्मी तथा संचारमाध्यमका काम कारवाहीका बारेमा सर्बसाधारणका गुनासो र उजुरी सहज बनाउन गुनासो तथा उजुरी पेटिका राख्ने भएको छ ।

पत्रकार आचार संहिता विपरितका गतिबिधिमा संचारकर्मिको संलग्नता रहेको गुनासो तथा टिप्पणी हुन थालेपछि सम्बन्धित संचारकर्मीलाई सचेत गराउने उद्देश्यले गुनासो संकलन गर्न लागिएको हो ।

आचार संहिता विपरित जिल्लाका कुनै संचारकर्मीले गतिबिधि गरेको पाईएमा त्यसको सुचना नेपाल पत्रकार महासंघ चितवन शाखाको गुनासो पेटीकामा राखिदिन महासंघले सबैमा आग्रह समेत गरेको छ ।

गुनासो शाखाको ईमेल एफ एन जे चितवन एट द रेट जि मेल डट कममा ईमेल गर्न पनि सकिने शाखा अध्यक्ष जनक अर्यालले जानकारी दिनुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.