जातीय छुवाछुत अन्त्य गर्न हलो अभियान

जातीय छुवाछुत अन्त्य गर्न हलो अभियान

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ कालिकोट, कार्तिक २० – नेपाली काँग्रेसले कालीकोटमा जातीय छुवाछुत अन्त्य गर्न हलो अभियान सुरु गरेको छ । चरम जातीय छुवाछुतले जरा गाडेको कालिकोटमा परम्परादेखि दलितले मात्र ठकुरीको हलो जोत्ने चलनलाई चुनौति दिदै काग्रेस महासमिति सदस्य तथा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष भूपेन्द्रजंग शाहीलगायतले मान्मा ७ ताडीमा रहेको दलित गाउमा हलो जोतेर अभियान सुरु गरेका हुन् ।
उनले जिल्लाभरी यो अभियान चलाउने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.