तास खेल्दाखेल्दै नेविसंघका नेता सहित १४ जना पक्राउ

तास खेल्दाखेल्दै नेविसंघका नेता सहित १४ जना पक्राउ

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ सुनसरी, कार्तिक २० – सुनसरीको इटहरीमा तास खेल्दाखेल्दै नेविसंघका जिल्ला अध्यक्ष विकास केसी सहित १४ जना पक्राउ परेका छन् । इटहरीमा केसीको घरमा तास खेलिरहेको अवस्थामा १४ जना जुवाडे सहित २ लाख ६० हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि तास खेलाउनमा संलग्न रहेका उनीहरुलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले पक्राउ गरेको हो । उनीहरुलाई कारबाही थालिएको प्रहरीले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.