समलिंगी जोडीको जीत

समलिंगी जोडीको जीत

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० – सर्वोच्च अदालतले समलिंगी रजनी शाहीलाई मुक्त गर्न माइती नेपाल र ओरेक नेपाललाई आदेश दिएको छ । रजनी शाहीसँग आफ्नो प्रेमसम्बन्ध रहेको र माइती नेपाल र ओरेक नेपालले शाहीलाई बन्दी बनाएको भन्दै समलिङगी प्रेमकुमारी नेपालीले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको छ ।
न्यायाधीश कल्याण श्रेष्ठ र गिरिषचन्द्र लालको संयुक्त इजलाशले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै शाहीलाई मुक्त गरेर स्वतन्त्र रुपमा बस्न दिन आदेश दिएको सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

सर्वोच्चले नागरिकको स्वतन्त्र पूर्वक बाच्न पाउने अधिकारको रक्षा गर्नु पर्ने भनेको छ ।

एक सन्तानकी आमा रजनीले आफू समलिङ्गी भएकोले श्रीमानसँग बस्न नसक्ने भन्दै प्रेमकुमारीसँग बस्न चाहेको बताएपछि परिवारकै सहयोगमा माइती नेपाल र ओरेक नेपालले शाहीलाइ सम्झाइ बुझाइ गर्न राखेका थिए ।

सर्वोच्चको आदेशपछि प्रेमकुमारी नेपालीले रजनी शाहीलाई साथमै लिएर जानु भएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.